Wednesday 8th October 2025

कुवेतमा सडक दुर्घटनामा फेरी एक नेपालीको मृत्‍यु


हरि कृष्ण न्यौपाने- दाङ घर भई कुवेतमा कार्यरत लक्ष्मण बहादुर खत्रीको सडक दुर्घटनामा परि डिसेम्बर-०७, शुक्रबार २०१८ का दिन मृत्‍यु भएको छ। मृतक खत्रीलाई गत नोभेम्बर-२३ तारिक,२०१८ का दिन सबारी साधनले ठक्कर दिएर घाइते बनाए पछी उपचारका लागी अस्पताल पुर्याईएकोमा उनको उपचारकै क्रममा गत शुक्रबार मृत्‍यु भएको हो । 

नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डटकमसंग भने”इस्को( इन्टरगल सर्भिसेज कम्पनी)कुवेतमा काम गर्दै आएका भए पनि मृतक खत्री केही समय पहिले मात्र उक्त कम्पनी छोडि अबैधानिक रुपमा काम गर्दै आएका थिए।मगरले थपे” इस्को कम्पनीले मृतक लक्ष्मण बहादुर खत्री बिरुद्द गत नोभेम्बर ३,२०१८ का दिन मात्र कम्पनी छोडेर भागेको”भगुवा मुद्दा” दायर गरिएको देखिन्छ। तर पनि दुताबासले मृतकको शब नेपाल पठाउने कानुनी प्रकृया शुरु गर्दै शब पठाउन लाग्ने पैसा र मृतकले पाउन बाँकी रकमको लागी ऊक्त कम्पनिमा अनुरोध गरेको छ।”

कम्पनिले अझै शब पठाउन पैसा दिने-नदिनेबारे निर्णय गरिसकेको छैन। यदी पैसा नदिएमा नेपाली समुदाय कुवेतसंग शब पठाउनको लागि आर्थिक सहयोगको लागि अनुरोध गरिने बताउदै मगरले भने”खत्रीको सडक दुर्घटनाको कारण मृत्‍यु भएकोले मृतकको परिवार संग पावर अफ अटर्नी( मन्जुरी नामा) लिएर उनको परिवारले पाउन सक्ने सडक दुर्घटना बिमा(इन्सुरेन्स)को लागि पनि दुताबासले आबश्यक कानुनी सहयोग गर्ने छ। 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...