Sunday 28th April 2024

शिल्पी संघ नेपाल – कुवेतले २८ डिसेम्बर २०१८ मा अधिबेशन गर्ने


तितोपाटी – शिल्पी संघ नेपाल – कुवेतले २८ डिसेम्बर २०१८ मा कुवेत स्थित जिलिबको पपिन्स हलमा अधिबेशन गर्ने भएको छ । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका दलित नाम बाट सम्बोधन गरिएका केही समुदायले दलित नाम प्रति बिमती जनाउदै प्रवास बाट नै दलित शब्द खारेज गर्ने अभियानमा लागेको शिल्पी संघ नेपाल – कुवेतका अगुवा बिकल्पले तितोपाटी लाई बताएका छन ।

समुदायमा व्याप्त रुपमा अझै पनि छुवाछूत जस्तो जघन्य अपराध कायम रहेको र शिल्पी समुदाय बिच पनि केहि ठाउँमा अझैसम्म छुवाछूत तथा विभेद रहेको हुँदा उक्त छुवाछूत तथा विभेद विरुद्ध पनि अहम् भुमिका खेल्ने बताएका छन । राज्यले शिल्पी समुदायलाई सम्मानजनक पहिचान, राजनीतिक अधिकार र समानुपातिक प्रतिनिधित्वको अधिकार ग्यारेन्टी गर्नु पर्ने, संविधान सभा द्वारा जारी संविधानमा पूर्ववत् दलित शब्द कायम राखी मानवताको कलंक जातीय भेद भेदभाव लाई निरन्तरता दिदै शोषण र दमन गर्ने प्रवृत्ति हटाउनु पर्ने र दलित शब्दको विकल्पमा शिल्पी शब्द राख्न दबाब दिने बताएका छन ।

कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिनको अधिबेशन समारोहमा उपस्थित हुनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने स्थान, मिति र समय निम्न बमोजिम रहेको छ ।

स्थान :- पपिन्स हल जिलिब,कुवेत

मिति :- २८ डिसेम्बर २०१८ (शुक्रबार )

समय :- बिहानको ठिक १०:३० बजे

थप जानकारीको लागि :
कार्यक्रम संयोजक – गोपाल गदाइली (६६५४२५१०) दिपेश नेपाली – ९८५१२०८६
सबिन लाम्गाडे – ९५५३०२७५
मुना गहतराज – ६६११९८४३
राम नेपाली – ९८१०३८९१
करन गोतामे – ६६०११९७६
प्रसनता परियार – ६६९६९३४६
ज्ञान गजमेर – ५५७३४६२२


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...