Monday 29th April 2024

ऊर्जा सचिव उपाध्यायले राजीनामा दिए, यस्तो छ कारण


तीतोपाटी- ऊर्जा सचिव अनुपकुमार उपाध्यायले राजीनामा दिएका छन् । अवकास पाउन केही महिना मात्र बाँकी रहेका बेला उनले राजीनमा दिएका हुन् । उपाध्यायले आगामी फागुनमा अवकास पाउँदै थिए ।

उपाध्यायले विद्युत नियमन आयोगको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न सचिव पदबाट राजीनामा दिएको बुझिएको छ । सरकाले विद्युत नियमन आयोग गठन गर्न प्रक्रिया सुरु गरिसकेको छ ।

ऊर्जासचिव उपाध्यायको राजीनामा मन्त्रिपरिषदबाट पनि स्वीकृत भएको स्रोतले जनाएको छ । उपाध्याय लामो समयदेखि ऊर्जा मन्त्रालयमा सचिव थिए । लोडसेडिङ हटाउने अभियानमा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगै उनको पनि महत्वपूर्ण भूमिका थियो । उनी सञ्चालक समितिको अध्यक्षमा रुपमा रहेर प्राधिकरणलाई नाफामा लैजान र उचित तबरले व्यवस्थापन गर्न सफल भएका थिए ।

आयोग गठनका लागि ऊर्जा मन्त्रालयका अर्का सचिव सञ्जय शर्माको नेतृत्वमा समिति बनाइएको छ । समितिले कात्तिक ३० गते २१ दिनको समय सीमा राखेर आयोगमा अध्यक्षसहित ४ जना पदाधिकारीका लागि दरखास्त आह्वान गरेको छ । उपाध्यायसँगै अर्का पूर्व ऊर्जा सचिव सुमन शर्मा र विद्युत महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगतकुमार भुसाललाई आयोगको अध्यक्षका सशक्त दावेदारका रुपमा हेरिएको छ ।

समग्र विद्युत क्षेत्रको नियनमनका लागि शक्तिशाली आयोग गठन गर्न खुला प्रतिस्पर्धा आह्वान गरिएको छ । आयोगमा नियुक्तिका लागि दरखास्त बुझाउने म्याद अाज सकिदैछ ।


सम्बन्धित शीर्षकहरु

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

एजेन्सी । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका…

प्रतिकृयाहरू
...