Thursday 14th May 2026

विवादीत दाजुको सल्लाहमा खानेपानी मन्त्री मगरले गर्न थालिन् अप्रिय निर्णयहरू


तीतोपाटी-खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरले आफ्ना मितेरी दाजुको सल्लाहमा मन्त्रालयभित्र अप्रिय निर्णयहरू गर्न थालेकी छन् ।

योङ कम्युनिस्ट लिगका पूर्व सदस्य भाइकाजी घिमिरे मन्त्री मगरका मितेरी साइनोमा दाजु हुन् । उनैको सल्लाहमा मन्त्रालय अन्तर्गतका विभिन्न संस्थान, विभाग र कार्यक्रममा मन्त्री मगरले हस्तक्षेप बढाएकी हुन् ।

पछिल्लो पटक मन्त्रालय अन्तर्गतको खानेपानी विभागमा रहेका करारका कर्मचारीलाई एकै साथ हटाउने फाइलको टिप्पणी उनले उठाएकी छन् । घिमिरेको सल्लाहका आधारमा नै उनले यस्तो टिप्पणी उठाएको स्रोतले जनाएको छ ।

‘१७/१८ बर्षदेखि निरन्तर काम गरिरहेका करारका कर्मचारीलाई हटाउने तयारी गरिएको छ, यस्तो अप्रिय निर्णय गर्दै पूर्वमाओवादीका कार्यकर्ता र आफ्ना नजिकका मान्छे राख्ने रणनीतिमा मन्त्री पुगेकी छन् । उनलाई यो सल्लाहका घिमिरेले दिएका हुन् ।’

त्यसका लागि मन्त्री मगरले विभागका महानिर्देशक पनि आफु अनुकुलतालाई नै बनाएकी छन् । उनले अघिल्लो सातामात्र विभागको महानिर्देशकमा सुनिलकुमार दासलाई नियुक्त गरेकी थिइन् । यसअघिका महानिर्देशक तेजराज भट्टले भनेजस्तो काम नदिएको भन्दै मन्त्रालय तानेकी छन् । मन्त्री मगरले महानिर्देशक दासलाई विभागका करारका कर्मचारीको लिष्ट तयार पारी हटाउनका लागि ठाडो निर्देशन दिएकी छन् ।

‘लामो समयदेखि काम गरेकालाई स्थापित गराउनुको साटो निष्काशन गर्ने अप्रिय निर्णय भएको छ । कर्मचारी अभाव भएका बेला काम गरिरहेकालाई किन निकाल्नु ?’, विभाग स्रोतले भन्यो ।

भाइकाजी घिमिरेसँग मन्त्री मगर । तस्बिर स्रोत : इन्टरनेट

घिमिरे विभिन्न विषयमा विवादमा तानिने गरेका व्यक्ति हुन् । उनको मन्त्री मगरसँगको दाजुबहिनीको सम्बन्ध प्रकाश दाहालले बनाइ दिएका थिए । त्यसैले तिहारका बेला मन्त्री मगरले घिमिरेलाई भाइटिका समेत लगाइदिने गरेकी छन् ।

त्यसो त मगरले मन्त्री भएका दिनदेखि नै विवादीत घोषणा र निर्णय गर्न थालेकी थिइन् । मन्त्री हुनासाथ गएको दशैंभित्र काठमाडौंमा मेलम्ची खानेपानी झार्ने घोषणा गरेकी मन्त्रीले केही समयमा नै सचिव हेरफेर गरिन् ।

आफू अनुकुलताको निर्णय गराउनका लागि मन्त्री मगरले सचिव गजेन्द्र ठाकुलाई ल्याइन् । ठाकुरको लविङ पनि उनै घिमिरेले गरेका थिए । सचिवालयको घेरामा नबसे पनि घिमिरेले मन्त्री मगरबाट आफू अनुकुलताका काम गराउँदै आएका छन् ।

यता, खानेपानी संस्थानमा पनि उनले हस्तक्षेप गरेकी छन् । संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसादलाई मन्त्रालयमा हाजिर गराएर अर्कै व्यक्तिलाई सो ठाउँमा नियुक्त गरेकी छन् । यसमा पनि घिमिरेको सल्लाहले नै काम गरेको स्रोतको दाबी छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...