Sunday 18th January 2026

रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा


तीतोपाटी-पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरिएको थिएन ।

भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए ।

नगरपालिकाबाट भारतमा रोजगारी गर्न गएकामध्ये पहिलो चरणमा १०० जनाकोे निःशुल्क दुर्घटना बीमा गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाका तीन सहकारीमा आवद्ध शेयर सदस्यका घरपरिवारबाट कोही भारत गए उनीहरुको बीमा गरिने भएको हो ।

जिल्लास्थित पाटन नगरपालिका र ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस)को संयुक्त सहकार्यमा पाटनस्थित उदयदेव महिला बचत तथा ऋण सहकारी संस्था, खोड्पेस्थित सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था र सिद्धपुरस्थित महालक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थामा आवद्ध शेयर सदस्यका परिवारको बीमा गर्न लागिएको रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिए । बैतडीका अधिकांश नागरिक रोजगारीका लागि भारत जाने गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...