Sunday 18th January 2026

वाइडबडी खरिद प्रकरण : सात दिनभित्र प्रतिवेदन बुझाउन संसदीय समितिको निर्देशन


तीतोपाटी-संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले गरेको वाइडबडी खरिदका विषयमा सात दिनभित्र प्रतिवेदन बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले विमान खरिद प्रक्रिया र अनियमितता भए/नभएको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मी र निर्देशक रामचन्द्र शर्मालाई बोलाएर छलफल गरेको थियो ।

बैठकमा सचिव रेग्मीले निश्चित समय दिए अनुगमन गरेर राय दिने बताएका थिए । लगत्तै समितिले सात दिनभित्र विमान खरिद प्रक्रियाको अनुगमन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

सचिव रेग्मीले निगमले धेरै विषयमा आफूहरुसँग सहकार्य नगरेकाले निगमले गरेका सार्वजनिक खरिदका धेरै कामबारे जानकारी नभएको बैठकमा बताएका थिए । सांसद हृदयश त्रिपाठी, विशाल भट्टराईलगायतले वाइडबडी खरिदमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग गर्नुपर्ने बताएका थिए ।

कार्यालयका यसअघि गत आइतबार बसेको लेखा समिति बैठकमा सभापति भरत शाहले वाइडबडी खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताएका थिए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...