Sunday 18th January 2026

श्रीमतीको हत्या गर्ने श्रीमान पाँच वर्षपछि पक्राउ


तीतोपाटी-आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

प्रहरीक अनुसार पक्राउ परेका साहले २०७० भदौ १८ गते आफ्नै श्रीमती सञ्जुदेवी साहको हत्या गरी महोत्तरीको हरिणमरी र धनुषाको सिनुरजोरा गाउँको बीचबाट बग्ने बिग्ही नदीमा माटोमुनि गाडेका थिए ।

आफ्नै श्रीमतीलाई विभत्स हत्या गरी फरार रहेका साहले भारतको उमगाँव शहरमा १३ महीना र कतारमा ३० महीना लुकेर काम गरेका थिए । ११ महीनादेखि जनकपुरधाममा अटो रिक्सा चलाइरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको छ ।

साभार दैनिकनेपाल


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...