Saturday 21st September 2024

सुर्यको तापबाट बिद्युत संकलन गर्न सकिने


तितोपाटी – वैज्ञानिकहरूले सूर्यको तापबाट विद्युत् निकालेर त्यसलाई संकलन गर्ने प्रविधिको विकास गरेका छन् । उक्त विद्युत्लाई राति वा बादल लागेका बेला प्रयोग गर्न सकिनेछ । यो विद्युत् उत्पादनको दिशामा एउटा महत्वपूर्ण खोज हो ।

अमेरिकाको पुरड्यु विश्वविद्यालयका प्राध्यापकहरूको समूहले उक्त खोजमा सफलता प्राप्त गरेका हुन् । सौर्य उर्जालाई विद्युत्मा बदल्न सिसा वा लेन्सको सहयोगले सानो स्थानमा प्रकाशलाई केन्द्रित गरिन्छ ।

यसबाट निस्किएको तापलाई एक मोल्टन साल्टमा स्थानान्तरित गरिन्छ । तापक्रम बढेपछि मोल्टन साल्ट तरल पदार्थमा परिवर्तन हुन्छ, जसलाई विभिन्न तरिकाले विद्युत् निकाल्न प्रयोग गर्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

म्यानमारमा आएको भीषण बाढीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् । टाइफुन…

भारतीय कमेडियन कपिल शर्माले 'द ग्रेट इन्डियन कपिल शो' को दोस्रो सिजन ल्याउने भएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार…

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि राजीनामा दिने घोषणा गरेपछि भारतको राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ। आइतबार कार्यकर्तालाई सम्बोधन…

प्रतिकृयाहरू
...