Thursday 17th September 2026

कुवेतबाट खोटाङका टुहुरा परिवारलाइ ५० हजार सहयोग


तीतोपाटी डटकम-हलेसी तुवाचुङ नगरपालिकाका एक टुहुरा परिवारलाइ खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत र किरात राई यायोक्खा कुवेतले संयुक्त रुपमा ५० हजार आर्थिक सहयोग गरेको छ।गर्भपतन गराउने क्रममा २०७३ सालमा स्वास्थ्य कर्मिहरुको लापरबाहीले अकालमै ज्यान गुमाएकी तलकुमारी राई र गत साउनमा करेन्ट लागेर मृत्यु भएका चन्द्र किरातको ५ छोरी २ छोराहरुलाइ गाँस,बास,कपास र उच्च शिक्षाका लागि उक्त आर्थिक सहयोग गरेको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित राइले बताएका छन।

कुवेतबाट दुई संस्थाले गरेको उक्त सहयोग रकम गत सोमबार हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राइद्वारा पिडित मध्यकी जेठी दिदिलाइ एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ।

आमाको मृत्यु भएको दुई बर्ष नबित्दै पिताले पनि ज्यान गुमाएपछी एकै परिवारका ७ जना टुहुरा बनेका थिए। यो बिसयमा स्थानिय तथा देश विदेशबाट विभिन्न मिडियाबाट समाचार छापिए पछि देश विदेश गरि विभिन्न ब्याक्तित्वहरु तथा संस्थाहरुले आर्थिक सहयोग गरिरहेको छ। देश विदेशबाट सहयोग आउन थालेपछी जेठी छोरिको नाममा माछापुच्छ्रे बैंकको शाखामा खाता खोलेर जम्मा गराइरहेको छ। हालसम्म पिडित परिवारको लागि उक्त खातामा १३ लाख १२ हजार ४९१ रुपैयाँ जम्मा भएको स्रोतले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी संसदको तल्लो सदनले रूसविरुद्ध नयाँ कडा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। यो विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पकहाँ अनुमोदनका…

फ्रान्समा विद्यालयअघि र विद्यालयपछि बालबालिकाको हेरचाह गर्ने केही कर्मचारीमाथि दुर्व्यवहारको आरोप लागेपछि ठूलो विवाद भएको छ। हालै पेरिसको अदालतले ५…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकाका केही सरकारी अधिकारीमाथि नयाँ भिसा प्रतिबन्ध लगाउने नीति घोषणा गरेका छन्। अमेरिकाले ती अधिकारीहरूलाई…

प्रतिकृयाहरू
...