तीतोपाटी-नागार्जुन नगरपालिका-९ स्थित सडकबाट प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बा.२ ज ४१३९ नम्बरको ट्याक्सीका चालक काभ्रे सिमथली-८ का २७ वर्षीय दिपक केसीले शनिबार बेलुका प्रहरीलाई नै घुस दिने खाेजेपछि पक्राउ गरेको हो ।
प्रहरीले ट्याक्सी जाँच गर्ने क्रममा मादक पदार्थ प्रयाेग गरी सवारी चलाएको अवस्थामा फेला पारी पक्राउ गर्न खोज्दा चालक केसीले प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोजेका थिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।