Sunday 18th January 2026

विदेश पठाउने नाममा ठग्ने म्यानपावर व्यवसायी पक्राउ


तीतोपाटी-आकर्षक देशमा वैदेशिक रोजगारीको लागि पठाउने भन्दै ठगी गर्ने म्यानपावर व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराको टोलीले ताप्लेजुङ् थुम्वेदिन–१ का विनोद कुमार कार्कीलाई आइतबार काठमाडौँको मण्डीखाटारबाट पक्राउ गरेको हो ।

नर्थ पोल ओभरसिज प्रालिका संचालक कार्कीले आकर्षक वैदेशिक रोजगारको लागि पोल्याण्ड, युएई., मलेशिया र बहाराईन पठाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरुबाट १६ लाख ४३ हजार ७१९ ठगी गरेका थिए ।

वैदेशिक रोजगार न्यायाधिकरणले २०७१ कार्तिक २३ गतेको फैसलाले कार्कीलाई ४ बर्ष कैद र चार लाख रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको थियो । साथै, कार्कीबाट पीडित व्यक्तिहरुलाई ठगी गरेको रकमको क्षेतिपूर्ति र हर्जाना रकम सहित हुन आउने रकम २४ लाख ६५ हजार ५९३ रुपैयाँ ५० पैसा दिलाई भराई दिने समेत फैसला भएको थियो ।

त्यसयता उनी लुकेर बसेका थिए । सीआईबीले आइतबार पक्राउ गरि कार्कीलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाएको छ ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...