Friday 4th September 2026

विदेश पठाउने नाममा ठग्ने म्यानपावर व्यवसायी पक्राउ


तीतोपाटी-आकर्षक देशमा वैदेशिक रोजगारीको लागि पठाउने भन्दै ठगी गर्ने म्यानपावर व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराको टोलीले ताप्लेजुङ् थुम्वेदिन–१ का विनोद कुमार कार्कीलाई आइतबार काठमाडौँको मण्डीखाटारबाट पक्राउ गरेको हो ।

नर्थ पोल ओभरसिज प्रालिका संचालक कार्कीले आकर्षक वैदेशिक रोजगारको लागि पोल्याण्ड, युएई., मलेशिया र बहाराईन पठाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरुबाट १६ लाख ४३ हजार ७१९ ठगी गरेका थिए ।

वैदेशिक रोजगार न्यायाधिकरणले २०७१ कार्तिक २३ गतेको फैसलाले कार्कीलाई ४ बर्ष कैद र चार लाख रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको थियो । साथै, कार्कीबाट पीडित व्यक्तिहरुलाई ठगी गरेको रकमको क्षेतिपूर्ति र हर्जाना रकम सहित हुन आउने रकम २४ लाख ६५ हजार ५९३ रुपैयाँ ५० पैसा दिलाई भराई दिने समेत फैसला भएको थियो ।

त्यसयता उनी लुकेर बसेका थिए । सीआईबीले आइतबार पक्राउ गरि कार्कीलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाएको छ ।


सम्बन्धित शीर्षकहरु

 खैबर शिकन,  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले विकास गरेको मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो। यसको नामको अर्थ करिब…

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

प्रतिकृयाहरू
...