तीतोपाटी-कपिलवस्तु चन्द्रौटा २ मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका कार्यपालिका सदस्य नहकुल विकले कृषि क्षेत्रमा लगानी गरेका छन । देशमै केहि गर्ने मोहले लामो समयसम्म वैदेशिक रोजगारीबाट नेपाल आएका विक शिवराज नगरपालिका वडा न २ मा वसेर कृषि पेशा गरिरहेका छन् । विक कार्य पालिकाको बैठक बाहेक अन्य समयमा दिनभर जसो आफ्नै खेतबारीमा व्यस्त भेटिन्छन् ।
समृद्ध नेपालका लागि कृषि भन्ने मुल नारालाई आत्मसाथ गर्दै कार्यपालिका सदस्य रहेका भएका विक अहिले ४ विगाहा खेत भाडा लिएर कृषि गर्दै आएका छ । कृषिबाट नै राष्ट समृद्ध बन्न सक्छ भन्ने मुल नारालाई आत्म साथ गर्दै उनले कृषि पेशालाई अगालेका छन् ।
जीवनका केहि वर्ष वैदेशिक रोजगारीमा बिताएका उनी २०७४ मा भएको स्थानीय तहको निर्वाचन पछि कार्यपालिका सदस्यमा निर्वाचित भए । ‘कार्यपालिकाको बैठकमा सहभागि पनि हुन्छु जनताको चाहाना अनुसार काम पनि गर्छु र आफ्नै श्रम र मिहिनेतले कृषि पेशा अगालेको छु’ उने भने ।
अर्गानिक कृषि फार्मको नाममा संचालित कृषि फार्ममा अहिले सिजन अनुसार तरकारीहरु लगाइएको छ । ४ विगाहा जग्गामा २ वटा पोखरी पनि छन् । जग्गा भाडामा लिएर उनले आफै पोखरी खनाएका हुन् । पहिलो वर्ष भएर पोखरीमा पानी अडिन्छ अडिदैन भन्ने जाँच मात्रै गरेको विकले बताए । आफूले भाडामा लिएको जग्गा सबैमा पहिले केराबारी मात्रै भएकोले केराका बोटहरु नष्ट गर्न र खेती योग्य जमिन बनाउन मात्रै लाखौं खर्च भएको उनले सुनाए ।
केरा खेती भएको जग्गा भएकाले माटोमा उत्पादन क्षमता कम भएकोले सोचे जस्तो उत्पादन यस बर्ष हुन सकेको छैन । माटोको उत्पादन वृद्धि गर्न आफैले अर्गानिक कम्पोष्ट मल बनाउन सुरु गरेको उनले बताए । सरकारले कषिमा धेरै लगानी गरेको भए पनि कृषि पेशा गर्न आवश्यक पर्ने आधुनिक औजार भारतबाट मगाउनु पर्ने बाध्यता रहेको उनको दुःखेसो छ ।
प्रदेश सरकारले कृषिबाट समृद्धिको अभियान अन्तर्गत कृषि गर्न चहाने तर, जग्गा जमिन नभएकाहरुका लागि जग्गा भाडामा लिएर कृषि पेशा गर्नेको जग्गा भाडा तिरिदिने व्यवस्था गरेको छ । वैदेशिक रोजगारमा भौतारिने युवाहरुलाई कृषि पेशामा आर्कषित गराउन सकिने हो भने देशले कृषिबाट नै समृद्धि पथमा लम्किने विकले बताए ।
साभार- दैनिकनेपाल