तीतोपाटी-शनिबारदेखि बेलुनमा उडेर पोखराको अवलोकन गर्न पाइने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चढेको बेलुन उडाएर शनिबारदेखि यस्तो सेवाको सुरुवात भएको हो ।
बेलुन नेपालले पोखरामा पहिलो पटक व्यावसायिक रुपमा बेलुनको उडान शुरु गरेको हो ।
ठूलो बेलुनमा एकैचौटि ८ जनासम्म बस्न मिल्छ भने यो ५ सय मिटर उचाइसम्म उड्न पाउने अनुमति रहेको छ ।