Thursday 17th September 2026

कुवेतमा भोलि बिहिवार पनि सार्बजनिक बिदा


तितोपाटी – कुवेत सरकारले केही दिन देखीको लगातार भारी वर्षाका कारण भोलि बिहिवार १५ नोभेम्बरमा पनि सार्बजनिक बिदाको घोषणा गरेको छ ।

कुवेत जल तथा मौसम विज्ञान पूर्वानुमान विभागले एक सुचना जारी गरि भोलि पनि कुवेतको विभिन्न भागमा भारी वर्षा हुने जनाएको छ । भोलि बिहिवार पनि स्कुल, कलेज तथा सरकारी कार्यालय बन्द रहने जनाएको छ ।

आज पनि कुवेतको विभिन्न भागमा भारी वर्षाका कारण बाढी आएको छ । बाढीका कारणले आवतजावतमा समेत समस्या भएको छ भने विभिन्न ठाउँमा बाटोघाटो समेत बन्द भएको छ । कुवेत बासी लगायत सम्पुर्ण आप्रवासीहरु लाई समेत सतर्कता अपनाउन कुवेत सरकारले आग्रह गरेको छ ।

तस्बिर शौजन्य – आइमान मात


सम्बन्धित शीर्षकहरु

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकाका केही सरकारी अधिकारीमाथि नयाँ भिसा प्रतिबन्ध लगाउने नीति घोषणा गरेका छन्। अमेरिकाले ती अधिकारीहरूलाई…

हालै नेपाल सरकारले सरकारी अफिस र शिक्षा क्षेत्रमा दिएको शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने विषयमा मैले…

नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणपछि लगातार चारवटा विदेश भ्रमण गर्ने तयारी भएको बताइएको छ। पछिल्लो विवरणअनुसार उनको भारत भ्रमणको…

प्रतिकृयाहरू
...