Saturday 3rd October 2026

४ दिने छठ पर्व उदाउँदो सुर्यलार्इ अर्घ दिएपछि अाज समापन भयो


तितोपाटी – तराई मधेसमा मनाइने सबैभन्दा ठुलो लाक आस्थाको पर्व छठ उदाउँदो सुर्यलाई अर्घ दिएर सम्पन्न भएको छ। चार दिनसम्म मनाइने पर्व बुधवार (आज) उदाउदो सुर्यलाई अर्घ दिई सम्पन्न भएको हो। मिथिला क्षेत्रमा त्यहाँका बासिन्दाले धुमधाम र आस्था–निष्ठाका साथ मनाउने छठ पर्व हालैका वर्षहरूमा पुरै नेपालमा फैलिदै गएको छ । त्यसको ज्वलन्त उदाहरण देशका मुख्य नदी र जलायसहरुमा छठको रौनक देख्न सकिन्छ ।

गत आइतबार नहाएखाए देखी सुरु भएर सोमबार खरना, मंगलबार निखण्ड र बुधवार पारन गरी सम्पन्न भएको हो। लोक देवी छठीमाइको मुल पुजा हुने छठ पर्वमा सुर्यलाई साक्षी मानेर ब्रतालुहरू तिन निराहार ब्रत बसी अहिले सुर्यलाई अर्घ दिएपछि पारन गरी सम्पन्न गर्दैछन्।

नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सुर्यलाई अर्घ दिएका व्रतालुहरूले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सुर्यलाई अर्घ दिएका छन्। बिहान सुर्यलाई अर्घ दिएपछि ३६ घण्टादेखि निराहार र निर्जल रहेका व्रतालुहरुको व्रत पनि समाप्त भएको छ। यसपछि छोरी चेली कहाँ छठ पर्वको प्रसाद कोसेलीको रुपमा पुर्याउने चलन छ।

छठ समापनका केहि तस्विरहरू


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...