Thursday 18th June 2026

राहदानी बनाउने बढे


तीतोपाटी- नुवाकोटमा दिनप्रतिदिन राहदानी बनाई विदेश जाने युवा बढिरहेका छन् ।

राहदानी बनाउनेको सङ्ख्या दिनमा ३० देखि ४० जना हुने गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । कहिले काहीँ त ५० देखि ६० वटासमेत राहदानी बन्ने गरेको सो कार्यालयका राहदानी फाँटका कर्मचारीले जानकारी दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले विदेश जाने युवा राहदानी बनाउन आउने क्रम बढेको बताउनुभयो । नयाँ आर्थिक वर्ष शुरु भएदेखि कात्तिकको तेस्रो हप्तासम्मको विवरणअनुसार जिल्लामै राहदानी बनाउनेको सङ्ख्या एक हजार ५३४ र सिफारिश लिएर जाने ८६२ गरी जम्मा दुई हजार ३९६ राहदानी बनेको छ ।

कार्यालयका अनुसार गत वर्ष चार हजार ९६९ वटा राहदानी जिल्लामै बनेको थियो । सिफारिश एक हजार ८८४ गरी जम्मा छ हजार ८५३ वटा राहदानी बनेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ

साभार दैनिक नेपाल


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...