Friday 4th September 2026

सुदूरपश्चिमको सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदी


तीतोपाटी- सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन् ।

मंगलबार सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरि सुवेदीलाई नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री सुवेदीले मंगलबार नै पद तथा तथा गोपनियताको सपथ लिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले सुवेदीलाई सपथ गराएका हुन् ।

सोडारीलाई पदीय मर्यादा अनुसार काम गर्न नसकेको भन्दै नेकपाकाले फिर्ता बोलाएको थियो । सोडारी र सुवेदी दुवै जना तत्कालीन एमालेको तर्फबाट निर्वाचित सांसद हुन् ।

सोडारी कैलाली क्षेत्र नम्बर ४ ‘क’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने सुवेदी सोही क्षत्रेको ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
सुवेदी तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य हुन भने सोडारी अध्यक्ष हुन् । पार्टीभित्र सोडारी र सुवेदी दुवैजना माधव नेपाल पक्षका मानिन्छन् ।

यता बर्खास्तीमा परेका निवर्तमान मन्त्री सोडारीले आफू गुटबन्दीको शिकार भएको बताए । उनले पार्टीबाटै निर्वाचन जितेर मन्त्री भएकाले पार्टी फिर्ता बोलाउँदा अन्यथा भने नलिएको बताए । नयाँ मन्त्रीलाई प्रदेशसभा सदस्यका हिसाबले पूर्ण सहयोग गर्ने उनले बताए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...