Sunday 27th July 2025

उदयपुरकी १३ वर्षीया किशोरीको बलात्कार पछि हत्या अाशंकामा ४ जना युवाहरू प्रहरीको नियन्त्रणमा


तितोपाटी – उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले सोमबार चारजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले स्थानीय चारजना युवालाई नियन्त्रणमा लिएको हो । स्थानीयबासीले नै बालिकाको हत्यामा यी व्यक्तिहरुको हात हुनसक्ने अनुमान गरेकाले नियन्त्रणमा लिइएको उदयपुरका एसपी चन्द्रदेव राईले बताए ।

एसपी राईले शवको पोष्टमार्टमबाट मात्र बलात्कारपछि हत्या हो वा अन्य भन्ने खुल्ने बताए । ‘डिएसपीको कमाण्डमा गएको टोलीले प्रारम्भिक अध्ययन गरेको छ, तर यसै हो भन्ने अवस्था छैन, पोष्टमार्टम र पक्राउ परेकाको बयानपछि घटनाको एकिन हुन्छ’, उनले भने । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

अनुसन्धानका लागि लगिएको तालिम प्राप्त कुकुरले शवभन्दा केही पर खोल्सामा घटना भएको हुन सक्ने अनुमान गरेको छ । त्यही ठाउँमा बालिकाको चप्पलसमेत फेला परेको वडाध्यक्ष दुर्गाराज खड्काले बताए । खोल्सामा बलात्कार गरेर हत्यापछि शव सडक नजिक ल्याएर फालेको हुन सक्ने अनुमान छ ।

उनले सबै प्रकृति हेर्दा बलात्कार गरेपछि पहिचान खुल्ने त्रासले समूहगतरुपमा बलात्कार गरी हत्या गरेको बताए । प्रहरीले भने समुहगत नभई एकै व्यक्तिबाट यो घटना हुन सक्ने अनुमान गरेको छ । पक्राउ परेका युवाहरु पनि जंगलमा बाख्रा चराउन गएका थिए ।

वडाध्यक्ष खड्काले मुख नेट पिनले टालिएको, मलद्वार च्यातिएको, योनीस्थल सामान्य अवस्थामा नरहेको, घाँटीमा नङ गाडिएको, अन्य ठाउँमा पनि चिथोरेको, घाँउ देखिएकाले बलात्कारपछि हत्या भएको दाबी गरे । प्रहरीले पनि घाँटीमा निलडाम भएकाले डोरीले बाँधेको हुन सक्ने अनुमान गरेको छ ।

टोली घटनाको प्रकृत्ति मुचुल्कासँगै केहीलाई नियन्त्रणमा लिई फर्किसकेको छ । शनिवार दिउँसो घरबाट बाख्रा चराउन हिँडेकी स्थानीय दुर्गाबहादुर खडकाकी छोरी आइतवार लाफागाउँको अमला भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी हुन् ।

साँझसम्म बालिका घर नफर्केपछि स्थानीयले खोजतलास गर्नेक्रममा आइतवार दिउँसो २ बजे बालिकाको शव फेला पारेको एसपी राईले जानकारी दिए । जनता मावि लाफागाउँको कक्षा ९ मा पढ्दै गरेकी एल्जिना शनिबार दिउँसो २ बजे बाख्रा लिएर गाउँ नजिकैको खरबारीमा गएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...