Friday 4th September 2026

उदयपुरकी १३ वर्षीया किशोरीको बलात्कार पछि हत्या अाशंकामा ४ जना युवाहरू प्रहरीको नियन्त्रणमा


तितोपाटी – उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले सोमबार चारजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले स्थानीय चारजना युवालाई नियन्त्रणमा लिएको हो । स्थानीयबासीले नै बालिकाको हत्यामा यी व्यक्तिहरुको हात हुनसक्ने अनुमान गरेकाले नियन्त्रणमा लिइएको उदयपुरका एसपी चन्द्रदेव राईले बताए ।

एसपी राईले शवको पोष्टमार्टमबाट मात्र बलात्कारपछि हत्या हो वा अन्य भन्ने खुल्ने बताए । ‘डिएसपीको कमाण्डमा गएको टोलीले प्रारम्भिक अध्ययन गरेको छ, तर यसै हो भन्ने अवस्था छैन, पोष्टमार्टम र पक्राउ परेकाको बयानपछि घटनाको एकिन हुन्छ’, उनले भने । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

अनुसन्धानका लागि लगिएको तालिम प्राप्त कुकुरले शवभन्दा केही पर खोल्सामा घटना भएको हुन सक्ने अनुमान गरेको छ । त्यही ठाउँमा बालिकाको चप्पलसमेत फेला परेको वडाध्यक्ष दुर्गाराज खड्काले बताए । खोल्सामा बलात्कार गरेर हत्यापछि शव सडक नजिक ल्याएर फालेको हुन सक्ने अनुमान छ ।

उनले सबै प्रकृति हेर्दा बलात्कार गरेपछि पहिचान खुल्ने त्रासले समूहगतरुपमा बलात्कार गरी हत्या गरेको बताए । प्रहरीले भने समुहगत नभई एकै व्यक्तिबाट यो घटना हुन सक्ने अनुमान गरेको छ । पक्राउ परेका युवाहरु पनि जंगलमा बाख्रा चराउन गएका थिए ।

वडाध्यक्ष खड्काले मुख नेट पिनले टालिएको, मलद्वार च्यातिएको, योनीस्थल सामान्य अवस्थामा नरहेको, घाँटीमा नङ गाडिएको, अन्य ठाउँमा पनि चिथोरेको, घाँउ देखिएकाले बलात्कारपछि हत्या भएको दाबी गरे । प्रहरीले पनि घाँटीमा निलडाम भएकाले डोरीले बाँधेको हुन सक्ने अनुमान गरेको छ ।

टोली घटनाको प्रकृत्ति मुचुल्कासँगै केहीलाई नियन्त्रणमा लिई फर्किसकेको छ । शनिवार दिउँसो घरबाट बाख्रा चराउन हिँडेकी स्थानीय दुर्गाबहादुर खडकाकी छोरी आइतवार लाफागाउँको अमला भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी हुन् ।

साँझसम्म बालिका घर नफर्केपछि स्थानीयले खोजतलास गर्नेक्रममा आइतवार दिउँसो २ बजे बालिकाको शव फेला पारेको एसपी राईले जानकारी दिए । जनता मावि लाफागाउँको कक्षा ९ मा पढ्दै गरेकी एल्जिना शनिबार दिउँसो २ बजे बाख्रा लिएर गाउँ नजिकैको खरबारीमा गएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...