Saturday 26th July 2025

अमेरिकामा बसेर राजनीति नगर्नुस् : मुख्यमन्त्री राई


तीतोपाटी- प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइले आफ्नो कुनै संलग्नता नभएको घटनामा नाम जोडेर अनावश्यक समाचार आएकोमा दुःख ब्यक्त गरेका छन् ।

व्यक्तिगत भ्रमणका लागि अमेरिका आएका मुख्यमन्त्री राइले शनिबार बिहान पत्रकारहरूसंगको कुराकानीका क्रममा पत्रकार लोकमणि राइमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै आफ्नो मात्र नभै सहयोगीको समेत कुनै संलग्नता नरहेको बताए । न्यूयोर्कमा म पुगेर बाल्टीमोरमा शहरमा थिए तर ‘हाम्रो नाम जवरजस्ती तानिएको छ, म अचम्ममा परेको छु’ बैंकक फर्कनु अगाडिको कुराकानीमा भने ।

स्वास्थ परीक्षणका लागि बैंकक आएको र परीक्षणपछि रिपोर्ट आउन एक साता लाग्ने भएकाले भेटघाटका लागि अमेरिका अएको उनले बताए ।

आफ्नो भ्रमण प्रदेश नम्बर १ को मन्त्रिपरिषदको बैठकबाट निर्णय भएको भएपनि अनावश्यक रुपमा बिनास्वीकृत भएको भनेर हल्ला गर्नु नियोजित भएको उनको भनाई छ ।

भ्रमणलाई अनावश्यक हल्ला गरेका मान्छेहरूले नै न्यूयोर्कको आफ्नो कुनै संलग्नता नभएको घटनालाई नाम जोडेर हल्ला गर्नु नितान्त राजनीतिक पूर्वाग्रह भएको राईले बताए ।

न्यूयोर्कमा पिटाइ खाएको भनिएका पत्रकार लोकमणि राइको नाम आफूले सुनेको भएपनि नचिनेको मुख्यमन्त्री राईले बताएका छन् ।

आफूले कुन पत्रकारले अमेरिकामा के समाचार लेखे या कहाँ लेखे भन्ने बिषयमा केही नहेरेको र कुनै अपडेट नभएको तर मैले नै समाचार लेखेको भरमा मान्छे पठाएर पिट्न लगायो भन्नु पित पत्रकारिताको पराकाष्ठ भएको मन्त्री राईको भनाई छ ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...