Saturday 20th June 2026

मुक्तिनाथमा नेपालकै सबैभन्दा ठुलो ढुंगाको बुद्धमुर्ति


तितोपाटी – हिन्दु र बौद्ध धर्मालम्बीको पवित्र तीर्थस्थल मुस्ताङको मुक्तिनाथमा नेपालकै सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति निर्माण गरिएको छ । यो मूर्ति अमेरिका निवासी व्यवसायी सोनाम लामाको करिब ४ करोड रुपैयाँ लगानीमा स्थापित गरिएको हो ।

केही दिनअघि एक विशेष कार्यक्रमबीच यो बुद्ध मूर्तिको धार्मिक विधिपूर्वक अनावरण गरिएको छ । सुरुमा २ करोड रुपैयाँमा मूर्ति स्थापनाको योजना बनाइएकोमा लागत बढेर ४ करोड पुगेको निर्माणकर्ता मुक्तिनाथमै जन्मथलो भएका सोनाम लामाले बताए ।

‘शाक्यमुनि बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो’, मूर्ति स्थापनाकर्ता लामा भन्छन्, ‘तिनै बुद्धको मूर्ति मुक्तिनाथमा स्थापित गरेर नेपालको अग्लो स्थानबाट बुद्ध नेपालमा जन्मेको सन्देश विश्वलाई दिन खोजेका हौँ ।’

सोनामको जन्म सन् १९६१ मा अहिलेको मुक्तिनाथको पुराङमा भएको थियो । १६ वर्ष गाउँमै बसेका अहिले २२ वर्षदेखि अमेरिकामा छन् । अमेरिकामा एक सफल नेपाली व्यवसायीका रुपमा पनि चिनिँदै आएका छन् ।

३५ फिट अग्लो यो बुद्धमूर्ति सन् २०१३ बाट निर्माण थालिएको हो । यस मूर्तिको तौल ६० हजार किलो भन्दा धेरै छ । हिन्दुहरुले मुक्तिनाथलाई मुक्तिक्षेत्रका रुपमा लिन्छन् । उनीहरुले भगवान विष्णुको पावन क्षेत्रकारुपमा मुक्तिनाथलाई पूजा गर्छन् ।

सतीदेवीको अंग पतन भएको शक्तिपीठकारुपमा समेत दर्शन गरिने मुक्तिनाथ क्षेत्रमा बौद्धगुरु रिन्पोछे पद्मसम्भव तिब्बतबाट यात्राका क्रममा ध्यान गरेको पवित्र क्षेत्र पनि मानिन्छ ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...