Sunday 27th July 2025

अाफ्नै नाइटो काटेर प्रेमीलार्इ उपहार !


तितोपाटी – प्रेममा मान्छे पागल बन्छ भन्ने भनाई नै छ । मेक्सिकोमा एकजना युवतीले यो कथनलाई प्रमाणित गरिदिएकी छिन् । २३ वर्षकी ती युवतीले आफ्नो प्रेमीलाई खुसी पार्नका लागि यस्तो उपहार दिने सोँच बनाइन् जुन सुन्दैमा अनौठो लाग्दछ । ती युवतीले आफ्नो ब्वायफ्रेडको लागि उपहार भन्दै आफ्नो जिउको शल्यक्रिया गरी नाइटो नै हटाएकी छिन् ।

प्रेमीलाई प्रेमको प्रतिकको रुपमा नाइटो वीहिन पेट उपहार दिने उनको त्यो दुस्साहसलाई धेरैले अनौठो माने । तर विडम्बना प्रेमीका लागि नाइटो नै फ्याँक्ने ती युवतीको उनका प्रेमीसँग ब्रेकअप भैसकेको छ ।

मेक्सिकोको गुआडालाजारा क्षेत्रमा बस्ने ती युवतीको नाम पालिना क्यासिलास लेन्डरोस हो । उनले झण्डै तिन वर्षअघि आफ्नो नाइटो नै काटेकी रहेछिन् । परिवारको विरोधका बाबजुत जिउका धेरै ठाउँमा टाटु खेपेकी तथा जिब्रो छेडेकी उनले प्रेमीका लागि नाइटो काटिन् । उनले ब्यायफ्रेण्डकै अनुरोधमा त्यसो गरेकी थिइन् । तर समय क्रमसँगै उनको प्रेमीसँगको सम्बन्ध बिग्रियो र ब्रेकअप भयो ।

नाइटो फ्याँक्ने अपरेशन निकै खतरनाक थियो । पछि संक्रमण भएर उनको झण्डै ज्यान गएन । अहिले बल्ल उनले आफ्नो गल्तीको महसूस गरेकी छिन् ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...