Monday 14th September 2026

कुवेतमा नोभेम्बर १६ तारिक खुल्ला भलिबल प्रतियोगिता हुने


तितोपाटी डटकम-नेपाल भलिवल कल्व कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

आउदो नोभेम्बर १६ तारिक,२०१८ शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको टाइसिट भने नोभेम्बर ९ तारिक (भाईटिका)को दिन बनाइने छ ।

यस खुल्ला भलिबल प्रतियोगिताका संयोजक तथा संचारकर्मी राज मल्लले तितोपाटी डटकम मार्फत भने”बीईसी एक्सचेंजको प्रायोजनमा आयोजना हुने उक्त भलिबल प्रतियोगितामा कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनिधिहरु,भलिबल कल्वहरु, खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरु,पत्रकार तथा कुवेतबासी सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीहरुलाइ उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछु।”

प्रतियोगिता सम्बन्धी थप जानकारी :

दर्ता शुक्ल – १० केडी
प्रथम पुरस्कार – १०० केडी , मेडल, टफि , प्रणाम पत्र
दितिय पुरस्कार – ५० केडी ,मेडल, टफि , प्रणाम पत्र
मिति- १६ नोभेम्बर २०१८( शुक्रवार )
स्थान – झाड़ी ( महाबुल्ला )
समय – ८ बजे बिहान
संयोजक – राज मल्ल (६००६७५७२)
बिईसी प्रतिनिधी – डम्बर गुरूङ(९७२६९१८२)
– शम्भु निरौला (९०९४८६६७)

सम्पर्क – राज मर्हजन – ६५९३१०६३,५५१३५९०२,
हिमाल गाहा मगर – ५००१७७९०
रुपेन्द्र पाण्डे – ५०६३२४१६
गोकुल जि सि – ९७९१४५३१
सुरज सेन ठकुरी – – ६६९८०४८५


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...