Tuesday 1st September 2026

एप्पलले सार्वजनिक गर्यो अाइप्याड प्रो


तितोपाटी – अमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड सार्वजनिक गरेको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो । आइप्याड प्रोको सन् २०१८ को यो मोडेल ११ इन्च र १२.९ इन्च गरी दुई स्क्रिन साइजमा उपलब्ध छ । स्क्रिनको हकमा एलसिडी प्रोमोशन लिक्विड रेटिना डिस्प्ले रहेको छ । यसमा पिक्सेल मास्किंग टेक्नोलोजी रहेको एप्पलले जनाएको छ ।

नयाँ आइप्याड प्रो ६४ जिबी, २५६ जिबी र १ टिबी गरी तिनवटा स्टोरेज भेरिएन्टमा उपलब्ध रहेको बताइएको छ । नयाँ आइप्याड प्रो एप्पलको पहिलो युएसबी टाइप सी सपोर्ट गर्ने डिभाइस हो । यसले युएसबी टाइप सी कनेक्टर पोर्ट सपोर्ट गर्दछ। नयाँ आइप्याड प्रोमा एप्पलकै ए १२ एक्स बायोनिक सेभेन एनएम प्रोसेसर प्रयोग गरिएको छ । यसमा ट्रू टोन एलइडी फ्लासयुक्त १२ मेगापिक्सेलको रियर क्यामरा सेन्सर रहेको छ । उक्त क्यामेराले फोर के भिडियो रेकर्ड गर्न सकिन्छ ।

यस आइप्याडमा १० घण्टाको ब्याट्री लाइफ रहेको दाबी गरिएको छ । एप्पलका अनुसार यो अहिलेसम्मकै पातलो आइप्याड हो । दुबै आइप्याड प्रोको मोटाइ मात्र ५.९ मिलिमिटर रहेको छ । पूरानो मोडेल भन्दा यो २५ प्रतिशत हलुका रहेको छ ।

आइफोन एक्सजस्तै एप्पलले यस आइप्याडबाट पनि होम बटन हटाएको छ । यसले जेस्चर कन्ट्रोल फिचर सपोर्ट गर्दछ । यो आइप्याडमा एप्पल फेस आइड फिचर राखिएको छ । यसका साथै एनिमोजी, मेमोजी तथा एप्पल पे लगायतका फिचर पनि यो आइप्याडमा रहेका छन् । नयाँ आइप्याड प्रो सिल्भर र स्पेस ग्रे गरी दुईवटा रङमा उपलब्ध रहेको एप्पलले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

फुटबलका महान खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले सोमबार इन्स्टाग्राममार्फत…

रसुवास्थित त्रिशूली नदी किनारका जलविद्युत् आयोजनाका सुरुङहरूमा फसेका ६ सयभन्दा बढी कामदारको उद्धार कार्य जारी रहेको छ। उद्धार टोलीले सुरुङसम्म…

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

प्रतिकृयाहरू
...