Sunday 15th February 2026

फेसबुकले डिलिट गर्यो लाखाैं फलोअर्स भएका फेसबुक एकाउन्ट


तितोपाटी – सोसल मिडिया साइट फेसबुकले लाखौँ फलोअर्स भएका केही फेसबुक अकाउन्टहरु डिलिट गरिदिएको छ । इरानबाट सञ्चालित ती फेक अकाउन्टहरुमा १० लाखभन्दा धेरै फलोअर्स रहेका बताइएको छ । फलोअर्समध्ये धेरैजसो अमेरिका र बेलायतका थिए । एक ब्लग पोष्टमा कम्पनीले फेसबुक र इन्स्टाग्रामबाट ८२ वटा पेज, ग्रुप र अकाउन्टहरुलाई पनि हटाएको छ जसका प्रयोगकर्ताहरुले आफूलाई अमेरिकी वा बेलायती नागरिक भएको दाबी गरेका थिए ।

ती फेसबुकमा रंगभेद सम्बन्धी टिप्पणी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धका लेखलगायतका विभिन्न सामग्रीहरु शेयर गर्ने गरिएको थियो । फेसबुकले हटाएका कूल अकाउन्टको संख्या १० लाखभन्दा धेरै रहेको बताइएको छ ।

ती अकाउन्टहरु इरानबाट चलाइएको फेसबुकको दाबी छ । तर ती अकाउन्टको सम्बन्ध इरान सरकारसँग रहे नरहेको चाहिँ खुलेको छैन । ती अकाउन्टहरु डिलिट गरेको सूचना फेसबुकले विभिन्न अनुसन्धानकर्ताहरु, प्रविधि कम्पनीहरु तथा अमेरिका र बेलायतको सरकारलाई पनि गराएको छ । फेसबुक, ट्वीटर र गुगलले इरानको प्रोपोगान्डा रोक्नका लागि यस्ता कदमहरु बेलाबेलामा चाल्ने गरेको छ ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित किराती समुदायको साझा संस्था किरात राई यायोक्खा कुवेत को अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध निर्वाचित भएका छन्। साथै संस्थाको…

निर्वाचन आयोगले सार्वजनिक गरेको अनौपचारिक नतिजाले Bangladesh Nationalist Party (BNP) लाई सरकार गठनका लागि आवश्यक १५० भन्दा बढी सिट प्राप्त…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भने कि इरानमा शासन परिवर्तन "हुन सक्ने सबैभन्दा राम्रो कुरा" हुनेछ, जब उनले दोस्रो विमान…

प्रतिकृयाहरू
...