Friday 19th December 2025

फेसबुकले डिलिट गर्यो लाखाैं फलोअर्स भएका फेसबुक एकाउन्ट


तितोपाटी – सोसल मिडिया साइट फेसबुकले लाखौँ फलोअर्स भएका केही फेसबुक अकाउन्टहरु डिलिट गरिदिएको छ । इरानबाट सञ्चालित ती फेक अकाउन्टहरुमा १० लाखभन्दा धेरै फलोअर्स रहेका बताइएको छ । फलोअर्समध्ये धेरैजसो अमेरिका र बेलायतका थिए । एक ब्लग पोष्टमा कम्पनीले फेसबुक र इन्स्टाग्रामबाट ८२ वटा पेज, ग्रुप र अकाउन्टहरुलाई पनि हटाएको छ जसका प्रयोगकर्ताहरुले आफूलाई अमेरिकी वा बेलायती नागरिक भएको दाबी गरेका थिए ।

ती फेसबुकमा रंगभेद सम्बन्धी टिप्पणी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धका लेखलगायतका विभिन्न सामग्रीहरु शेयर गर्ने गरिएको थियो । फेसबुकले हटाएका कूल अकाउन्टको संख्या १० लाखभन्दा धेरै रहेको बताइएको छ ।

ती अकाउन्टहरु इरानबाट चलाइएको फेसबुकको दाबी छ । तर ती अकाउन्टको सम्बन्ध इरान सरकारसँग रहे नरहेको चाहिँ खुलेको छैन । ती अकाउन्टहरु डिलिट गरेको सूचना फेसबुकले विभिन्न अनुसन्धानकर्ताहरु, प्रविधि कम्पनीहरु तथा अमेरिका र बेलायतको सरकारलाई पनि गराएको छ । फेसबुक, ट्वीटर र गुगलले इरानको प्रोपोगान्डा रोक्नका लागि यस्ता कदमहरु बेलाबेलामा चाल्ने गरेको छ ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...