Saturday 10th May 2025

राजकुमारी पद त्यागेर सर्वसाधारणसँग विहे !


तितोपाटी – सुन्दा अचम्म लाग्छ तर यहि सत्य हो । जापानी राजकुमारी अयाकोले अाफ्नो राजकुमारी पद त्यागेर सामान्य नागरिक सँग विवाह गरेकी छिन् । करिब एक हजार पाहुनाहरुमाझ जापानकी राजकुमारी अयाकोले सोमबार टोकियोमा विवाह गरेकी छन् ।  बिहेकै कारण उनले ‘राजकुमारी’ उपाधि त्याग्नु परेको छ । जापानमा राजपरिवारका महिला सदस्यले सर्वसाधारण नागरिकसँग बिहे गर्ने प्रचलन छैन । राजकुमारी अयाको भने माछा ब्यापारी केई मोरियासँग प्रेममा थिइन् । उनको प्रेममा परिवारको समर्थन भएन । अन्ततः आफ्नो प्रेमलाई पूर्णता दिन अयाकोले आफ्नो उपाधि त्यागिन् र सर्वसाधारण नागरिकमा झरिन् ।

वैवाहिक समारोह साह्रै भव्य नभए पनि रमाइलो थियो । ओठमा मुस्कान लिएर राजकुमारी आफ्ना जीवनसाथीसहित समारोहस्थलमा प्रवेश गर्दा उत्पन्न भएको गुञ्जन निकै बेरसम्म थामिएको थिएन । राजकुमारीका नजिकका साथीहरु र परिवारका एकाध सदस्यले जोडीलाई स्वागत गरेका थिए ।

राजकुमारी अयाकोले पहेँलो रंगको फुलबुट्टे उचिकी किमोनो लगाएकी थिइन्, जुन गोलीगाँठोसम्म आएको थियो । मोरिया पश्चिमा शैलीको कालो मर्निङ कोटमा थिए । अयाकोल लगाएको किमोनोको स्टाइल र डिजाइन उनकी दिदी नोरिकोले गत २०१४ मा कुनिमारो सेन्गेसँग बिहे गर्दा लगाएकोसँग मिल्दोजुल्दो थियो ।

२८ वर्षीया अयाको स्वर्गीय राजकुमार ताकामोदो र राजकुमारी हिसाकोकी कान्छी सन्तान हुन् । जापानको राजकीय कानूनअनुसार राजपरिवारका महिला सदस्यले सवैसाधारणसँग बिहे गरेका आफ्नो टाइटल परित्याग गर्नुपर्ने हुन्छ । तर, पुरुष सदस्यहरुका हकमा यो नियम लागू छैन । उनीहरुले जोसँग पनि विवाह गर्न सक्छन् ।

३२ वर्षीय मोरिया सिपिङ कम्पनीमा काम गर्छन् । उनीसँग बिहेपछि पूर्वराजकुमारी बनेकी अयाकोले जीवन निर्वाहका लागि जापानको सरकारबाट एकमुष्ट ९ लाख ५० हजार डलर प्राप्त गर्नेछिन् । राजकुमारीको पदवी त्यागे पनि आफ्नो परिवारलाई साथ र सहयोग भने दिइरहने उनले बताएकी छन् ।


सम्बन्धित शीर्षकहरु

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

इस्लामाबाद: पाकिस्तानी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले शनिबार भारतले पाकिस्तानका धेरै अड्डाहरूमा आक्रमण गरेको र बदला लिने वाचा…

प्रतिकृयाहरू
...