Monday 21st July 2025

नेपाल मगर संघ कनकाइ नगर समिति द्वारा दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सप्पन्न


तितोपाटी – नेपाल मगर संघ कनकाइ नगर समितिले आउदै गरेको दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान साथै साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

झापाको पर्यटकीय क्षेत्र जामुना खाडीमा अवस्थित सामुदायिक वनको सभाहलमा नेपाल मगर संघ कनकाइ  नगरका अध्यक्ष राज कुमार आले मगरको सभापतित्वमा सप्पन्न कार्यक्रममा कन्काई नगरपालिकाका उपमेयर मन्जु प्रसाई प्रमुख अतिथि रहेका थिए भने अतिथिहरुमा वडा अध्यक्ष पर्शुराम गिरी , रुद्र प्रसाद चिमरिया, गोबिन्द पौडेल, जामुना खाडी, जामुना बारी सामुदायिक वनका अध्यक्ष ख्याम सिटौला, सुके डागी सामुदायिक वनका अध्यक्ष भक्त बहादुर पौडेल, समाजसेवी शेर बहादुर थापा, इन्द्र मगर, गितकार तथा संगीतकार शिव शेखर थापा रहेका थिए ।

कार्यक्रम राष्ट्रिय गान बाट शुरूवात भएको थियो भने सभापति, प्रमुख अतिथि र अतिथिहरुले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा मेघ राज आले मगरले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न समयमा कला र सस्कृती झल्काउने  साँस्कृतिक प्रस्तुतिले थप रौनकता छाएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मन्जु प्रसाईं , वडा अध्यक्षहरु पर्शुराम गिरी , रुद्र प्रसाद चिमरीया , गोबिन्द पौडेल , जामुना खाडि तथा जामुना बारी सामुदायिक वनका अध्यक्ष ख्याम सिटौला , सुके डागी सामुदायिक वनका अध्यक्ष भक्त बहादुर पौडेल , समाजसेवी शेर बहादुर थापा , ईन्द्र मगर , गितकार तथा संगीतकार शिव शेखर थापा र सुर्य बहादुर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम संचालन संघका उपाध्यक्ष लिला थापा मगर र सचिब चन्द्र थापा मगरले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमका सभापति राज कुमार आले मगरले कार्यक्रम सब्य र भब्य रुपमा सफल पार्न उपस्थित प्रमुख अतिथि, अतिथि, समाजसेवी , बुद्धिजीवी, भद्रभलाद्मि, व्यबसायी, पत्रकार, कलाकार साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेपाली नारीहरूको महान पर्व  हरितालिका तीजको अवसर पारेर  पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ।…

तितोपाटी-नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद…

तितोपाटी- १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका…

प्रतिकृयाहरू
...