Wednesday 2nd April 2025

केबल, एन्टिना वा स्याटेलाइट बिनै टिभि च्यानल !


तितोपाटी – अब केबुल, स्याटेलाइट र एन्टेना बिनै आफूलाई मन पर्ने दर्जनौं टेलिभिजन च्यानल हेर्न सकिने भएको छ । एड्भान्स टेलिभिजन सिस्टम्स कमिटी (एटीएससी) ले बनाएको टेलिभिजनमा यो सुविधा उपलब्ध छ । ब्रोडकास्टर्स, टिभी उत्पादनकर्ता र अन्य टेक कम्पनीहरुको अन्तर्राष्ट्रिय साझा संस्था हो, एटीएससी ।

उसले २५ वर्षअघि परिकल्पना गरेको फिचरयुक्त टेलिभिजन ल्याउन नसकेपनि १०८०आई/७२०पी क्षमतासहितको टिभी चाहिँ विगतमा बजारमा पस्किसकेको छ । कतिले यसलाई मन पराए/पराएनन्, त्यो आफ्नै ठाउँमा छ । तर उसको पछिल्लो उत्पादनले धेरैको मन जित्ने विश्वास लिएइको छ । विश्व आज ‘फोरके (४के)’ युगमा प्रवेश गरिसकेकाले त्यसै अनुरुपको आधुनिक उत्पादन बजारमा ल्याउने क्रममा उक्त संस्थाले ‘एटीएससी ३.०’ को घोषणा गरेको छ ।

सम्भवतः अर्को वर्ष यसलाई बजारमा उतार्ने तयारी छ । अल्ट्रा एचडी टिभीहरु जति तीब्र गतिमा विकास भइरहेको छन्, ‘फोरके’ त्यसको तुलनामा मन्द गतिमै छ । तर, अब ‘एटीएससी ३.०’ ल्याउनमा ढिलाई नहुने दाबी कम्पनीको छ । विज्ञान/प्रविधिबारे नयाँ–नयाँ जानकारी दिने ‘सिनेट डटकम’अनलाइनका अनुसार यहाँ प्रयोग गरिएको ‘३.०’ को अर्थ ‘२ बेटर देन १.०’ हो ।

‘एटीएससी ३.०’ लाई ‘नेक्स्ट जेन’ टिभी पनि भनिएको छ । तर, यो कछुवाको तालमा मात्रै अघि बढेकाले अर्को वर्ष मात्र आउने भएको हो । यसको परीक्षण विभिन्न स्टेसनमा गरिसकिएको छ । उच्च र लो स्टेसनहरुमा फोनिक्स र डलासलगायतका कम्पनीले पनि यसको परीक्षण गरिसकेको छ । परीक्षणबाट राम्रो परिणाम आएको ‘सिनेट डटकम’ मा उल्लेख छ ।

केबुल, स्याटेलाइटबाट लाइभ टिभी हेर्न रुची नभएकाहरुका लागि ‘एटीएससी ३.०’ एउटा बरदान सावित हुने दाबी निर्माताहरुको छ । केबुल नपुगेका क्षेत्र, खासगरी ग्रामीण क्षेत्रहरुका टिभी पारखीहरुले यसको उपयोग सजिलै गर्न सक्छन् । यो टिभीको रिजोलुसन राम्रो छ । अल्ट्रा एचडी, फोरके टिभीको सुखानुभूति गराउन सक्ने यसको डाइनामिक रेञ्ज पनि उच्च छ । ‘एटीएससी ३.०’ को रिफ्रेस रेट १२० हर्ज रहेकाले घर भित्रपनि राम्ररी बिना एन्टेनाको टिभी कार्यक्रमहरु हेर्न सकिनेछ ।

नेसनल एसोसिएसन अफ ब्रोडकास्टर्सका कार्यकारी उप–प्रमुख डेन्निस ह्वार्सनका अनुसार ‘एटीएससी ३.०’ लाई अगामी वर्षको क्रिसमसमा सर्वसाधारणका लागि बजारमा ल्याइने छ । उच्च क्वालिटीको भिडियोहरु हेर्न सकिने यो टेलिभिजनको फ्रेम रेट १२० फ्रेम्स प्रति सेकेण्ड रहेको छ । ओएफडीएम ब्रोडकास्ट प्रविधि अपनाइएको यो टिभी घरभित्रमात्रै होइन ठूल्ठूला भवन नजिकै पनि सजिलै मोबाइलमा झै हेर्न र चलाउन सकिन्छ ।

‘एटीएससी ३.०’ लाई फोनमा समेत जडान गरि हेर्न सकिन्छ । यसले केबुल, स्याटेलाइट टिभीलाई कुनै प्रभाव पार्दैन । यसमा प्रयोग गरिने एचडी टर्नरलको मूल्य अहिले ३० देखि ४० अमेरिकी डलर मात्र रहेकाले यो अन्य प्रविधियुक्त टेलिभिजनको तुलनामा केही सस्तो पनि हुने दाबी एटीएससीको छ ।

यसले एन्टेनामा आधारित टेलिभिजनलाई विस्थापित गर्ने निश्चित छ । यसमा फोरके युएचडी जडान गरिएकाले यसमा आउने फोटाहरुको गुणवत्ता अत्यन्तै राम्रो छ । खासगरी हाई डाइनामिक रेन्ज (एचडीआर), वाइड कलर ग्यामट(डब्लुसिजी) र हाईफ्रेम रेट(एचएफआर) लगायतका नयाँ सुविधाहरु यसमा रहेकाले जहाँ कही पनि प्रयोगगर्दा ‘होम थिएटर’ को सुखानुभूति हुनेछ । बिना एन्टेनाको एक भन्दा बढी च्यानलहरु उच्च क्वालिटीका साथ हेर्न सकिनेछ । यसमा एसी-३ को साटो डोल्बी एसी-४ साउन्ड प्रणालीको प्रयोग गरिएको छ ।

यो टिभी ‘सिस्टम डिस्कभरी एन्ड सिंगनलिङ’ बाट संकेतहरुको खोजी गर्दै आफ्नो कार्य थाल्छ । त्यसपछि ट्रान्समिसनको भौतिक तह (फिजिकल लेयर) मा प्राप्त बाइट्सले ६ मेगाहर्ज क्षमताको संकेत हावामा प्रेषित गर्छ । इन्टरनेट प्रोटोकल्समा पुगेका ती संकेतहरुलाई व्यवस्थित गर्दै प्रसारणका लागि पठाउँछ । त्यसमा तस्बिर र ध्वनीका संकेत/तरंगहरु समेत मिसिएका हुन्छन् ।

प्रस्तुतिका लागि टिभीमा युएचडी, एचडी र एसडी मल्टिकास्ट र इमर्सिभ अडियो पनि जडान गरिएको हुन्छ । अन्त्यमा टिभीमा जडित सफ्टवेयरले एप्लिकेसन्सलाई स्क्रिनमा उतार्छ ।


सम्बन्धित शीर्षकहरु

ज्याक्सन ओस्वाल्ट तपाईंको औसत १२ वर्षको केटा थिएनन्। जबकि उनको उमेरका धेरैजसो केटाकेटीहरू भिडियो गेम खेलिरहेका थिए वा बाइक चलाइरहेका…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार भने कि मन्त्रीहरूले हमासमाथि सैन्य दबाब बढाउन रातारात मतदान गरे, गाजा पट्टीमा राखिएका बन्धकहरूलाई मुक्त गर्न…

म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ भने भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको त्यहाँको सैनिक सरकारले जनाएको…

प्रतिकृयाहरू
...