Saturday 19th April 2025

अनु मल्लिकलार्इ याैन उत्पीडनको अारोप लगाउनेको संख्या बढ्दै


तितोपाटी – हालै म्युजिक डायरेक्टर अनु मलिकमाथि विभिन्न महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । त्यसपछि उनले रियालिटी शो ‘इंडियन आइडल १० ’ मा जजको रुपमा काम पनि छोडेका छन् । वास्तवमा अनुमाथि यौन उत्पीडनको आरोप लागेपछि च्यानलले नै उनलाई जजको पदबाट हटाएको स्रोतले बताएको छ ।

गायिका सोना महापात्र र श्वेता पंडितले अनु मलिकमाथि यौन उत्पीडनको आरोप लगाएका थिए । यीबाहेक अन्य दुई महिलाले पनि आफ्नो पहिचान लुकाएर अनुमाथि आरोप लगाएका थिए । यद्यपी, अनु मलिकका वकिलले यी आरोप अस्विकार गर्दै यस्तो आरोप उनको क्लाइन्टको मानहानीका लागि गरिएको बताए ।

डेक्कन क्रोनिकल्सको रिपोर्ट अनुसार गायिका अलिशा चिन्नोई पनि अब यो मामलामा सार्वजनिक भएकी छिन् र अनु मलिकविरुद्ध लागेको सबै आरोप वास्तविक भएको दाबी गरेकी छिन् । उनले भनिन्, ‘अनु मलिकबारे भनिएको, लेखिएको एक एक शब्द साँचो हो ।’ साथै, अलिसाले ती सबै महिलाको समर्थन गरेका छन् जो आफूमाथि भएको यौह हिंसाबारे खुलेर कुरा गरिरहेका छन् ।

स्मरण रहोस्, ९० को दशकमा पनि अलिशा चिन्नोईले अनु मलिकमाथि यौनहिंसाको आरोप लगाएकी थिइन् । यो विषयमा अदालतले पनि अलिशाको समर्थनमा निर्णय सुनाएको थियो । उक्त घटनापछि अलिसा अत्यधिक मानसिक तनावमा गुज्रिएको बताइन्छ । ठूला फिल्मनिर्माता लगातार अनु मलिकसँग काम गरिराख्ने भएकाले उनको व्यवहारमा कहिले सुधार हुन नसकेको उनले बताइन् ।

उक्त घटनापछि अलिशाले अब कहिले पनि आफू अनुसँग काम नगर्ने बताएकी थिइन् । तर सन् २००२ मा फिल्म ‘इश्क विश्क’ मा सँगै काम गरे । साथै, अलिशा र अनु सिंगिंग रियालिटी शो ‘इंडियन आइडल’ मा पनि जजको रुपमा सँगै देखिएका थिए ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

जगदीप धनखडले भने- धारा १४२ लोकतान्त्रिक शक्तिहरू विरुद्ध आणविक क्षेप्यास्त्र बनेको छ, उपराष्ट्रपति जगदीप धनखडले बिहीबार न्यायपालिकामाथि प्रतिक्रिया दिए। उनले…

आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ युवाहरूको श्रम र…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक हार्वर्ड विश्वविद्यालयलाई निशाना बनाएका छन्। ट्रम्पले भनेका छन् कि हार्वर्ड विश्वविद्यालय अब पढ्नको…

प्रतिकृयाहरू
...