Thursday 3rd September 2026

तनहुँको अाँवुखैरेनीमा बस दुर्घटना, २० भन्दा बढी यात्रु घाइते


तितोपाटी – तनहुँको आबुखैरेनी गाउँपालिका-२ नारीघाटमा आइतवार यात्रुवाहक बस दुर्घटना हुदाँ २० भन्दा बढी यात्रु घाइते भएका छन् ।

बेशिशहरबाट मुग्लिङतर्फ जादै गरेको ना ४ ख ७८४१ नम्वरको मिनिबस सडकभन्दा करिव १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेहरुको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए । घाइतेहरुको पहिचान खुल्न बाकी रहेको उनले बताए ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । बसमा ४० भन्दा बढी यात्रु थिए ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

प्रतिकृयाहरू
...