Wednesday 16th September 2026

एक महिलाको भिरबाट लडेर मृत्यु 


तितोपाटी – म्याग्दी अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेकी २६ वर्षीया सुष्मा पुनको भिरबाट लडेर मृत्यु भएको छ ।

हिन्दू धर्मावलम्बीहरुको महान चाड बडा दशैको अवसरमा टीका लगाउन माइतीघर जाने क्रममा रघुगंगा गाउँ पालिका -६ काेटगाउँस्थित ढालेगौडाको भिरबाट लडेर मृत्यु भएको हो ।

कोटगाउँस्थित माइतीघरमा श्रीमान र छोरीसहित जाँदै गरेकी पुनको बाटोबाट डेढ सय मिटर तल खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

भिरबाट बिहीबार राती खसेकी पुनको शव शुक्रबार बेनी अस्पतालमा परीक्षण गरेर शनिबार आफन्तको जिम्मा लगाइएको छ ।


सम्बन्धित शीर्षकहरु

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

प्रतिकृयाहरू
...