Monday 7th April 2025

कम्प्युटर स्लो हुन बाट बचाउने उपायहरू


तितोपाटी – कम्प्युटरको स्पिड ‘स्लो’ हुनु एउटा साधारण समस्या बनिसकेको छ जुन केहि समयपछि हरेक कम्प्युटर र ल्यापटपमा हुन सुरु भइहाल्छ । यसबाट बच्नका लागि हामी हरेक तरिका अपनाउने गर्दछौँ । धेरैजसो सर्भिस सेन्टलाई १० चक्कर लगाउँछौँ त कहिले कम्प्युटरको सबै डाटा खाली गर्छौैँ । तर केहि समयपछि समस्या ज्यूँका त्यूँ हुन्छ ।

यसलाई सुल्झाउनका लागि जबसम्म तपाईंले केहि प्राविधिक कुराहरु अपनाउनु हुन्न यस्तो समस्या दोहोरिएर आउने गर्दछ । कम्प्युटरको स्पिड बढाउनका लागि तल दिइएका कहि तरिकाहरु तपाईं अपनाउन सक्नुहुन्छ ।

१. अनावश्यक सफ्टवेयरहरु अनइन्सटल गर्नुहोस्ः
एप्लीकेसन अनइन्सटल गर्नका लागि सबैभन्दा पहिले तपाईं सिधै कम्प्युटरको स्टार्ट बटनमा गएर कन्ट्रोल प्यानल अप्सनमा क्लिक गर्नुहोस् र अनावश्यक सबै सफ्टवेयर अनइन्सटल गर्नुहोस् ।

२. स्टार्टअप प्रोग्राम डिसेबल गर्नुहोस्ः
यदि तपाईंले भर्खरै नयाँ कम्प्युटर अथवा ल्यापटप किन्नुभएको छ भने त्यसमा यस्ता प्रोग्रामहरु हुने गर्दछ जसले कम्प्युटर अथवा ल्यापटप खोल्ने बित्तिकै सुरु हुने गर्दछ र यदि तपाईंको कम्प्युटरमा कम र्याम र मेमोरी छ भने यसले कम्प्युटरलाई स्लो गर्न सक्दछ । त्यस कारण यसलाई डिसेबल गर्नुहोस् अथवा जब आवश्यक पर्छ त्यतिबेला मात्र यसलाई चलाउनुहोस् ।

३. डिस्क क्लिनअपः
यदि तपाईंको कम्प्युटर स्लो छ भने यसलाई डिस्क क्लिनअप अप्सनको सहायताले अफलाइन फाइलहरुलाई सेभ गर्नसक्नुहुन्छ, रिसाइकल बिनलाई खाली गर्न सक्नुहुन्छ जसले कम्प्युटरको गति थोरै भएपनि बढ्न सक्छ ।

४. सिस्टम क्लिनङ सफ्टवेयरः
कम्प्युटरमा सफ्टवेयर अनइन्सटल गर्नका लागि तपाईं सिसि क्लिनर, रेगसिकर अथवा आइओबिटजस्ता क्लिनिङ सफ्टवेयरहरु इन्स्टल गर्न सक्नुहुन्छ ।

५. एक्सन सेन्टर ट्रबलसुटः
आफ्नो कम्प्युटरको दायाँपट्टी भागमा यदि ध्यान दिएर हेर्ने हो भने तपाईंले एउटा फ्ल्याग अथवा झण्डा देख्नुहुन्छ । यो झण्डामा क्लिक गर्दा एक्सन सेन्टर खुल्नेछ । यदि तपाईंको कम्प्युटरमा कुनै पनि समस्या भएमा ट्रबलसुटमा क्लिक गर्दा कम्प्युटरको त्यो समस्या हट्नेछ ।


सम्बन्धित शीर्षकहरु

कोलकाताकी मानसी घोष गायन रियालिटी शो इन्डियन आइडलः १५ को विजेता घोषित भएकी छन् । फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये…

अरब क्षेत्र विशाल बालुवाको टिब्बा र बालुवा आँधीका लागि परिचित छ। यो क्षेत्र यसको अत्यधिक गर्मी र खडेरी हुने गर्दछ।…

शीत काव्य समाज नेपालको आयोजनामा दुई शीत कृति लोकार्पण भएको छ । समाजद्वारा काठमाडौमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् लेखक…

प्रतिकृयाहरू
...