Friday 1st May 2026

सुन तस्करीका अभियुक्त श्रेष्ठलार्इ इन्टरपोल मार्फत युएइबाट काठमाण्डु लगियो


तितोपाटी – ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जोडिएका बेनु श्रेष्ठलाई दुबई प्रहरीले काठमाडौं डिपोर्ट गरेको छ । आइतबार साँझ दुबई प्रहरीले ३२ वर्षीय श्रेष्ठलाई नेपाल प्रहरीको जिम्मा लगाएको हो । महानगरीय प्रहरी गौशाला वृत्तमा राखिएका श्रेष्ठसँग सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्यले बयान लिएका छन्।

बयानमा श्रेष्ठले सुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार आफूसमेतको लगानीमा रहेको सुन लुटिएपछि तस्करीमा संलग्न भएको श्रेष्ठले स्वीकार गरेको हो । समिति स्रोतका अनुसार श्रेष्ठले दुई वर्षदेखि दुबईमा बसेर सुन तस्करी गरिरहेको खुलेको थियो।

इन्टरपोलको सहयोगमा दुई महिनाअघि दुबई प्रहरीले श्रेष्ठलाई पक्राउ गरी डिपोर्टको प्रक्रिया गरिरहेको थियो । श्रेष्ठविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर छ । समितिसँगको बयानमा श्रेष्ठले माघ ९ गते विमानस्थलबाट बाहिरिएपछि हराएको ३३ किलो सुनमा आफ्नो लगानी नभएको बताए । ‘३३ किलो सुनमा श्रेष्ठको लगानी नभएको देखिएको छ,’ समिति स्रोतले भन्यो।

दुई वर्षअगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको साढे ३३ किलो सुनमध्ये २ किलोमा श्रेष्ठको लगानी थियो । सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपित चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध गत असारमा रेड कर्नर नोटिस जारी गरिएको थियो । श्रेष्ठ दुबईमा एक आइटी कम्पनीमा काम गरिहरेका थिए । तीन वर्षअघि भोजपुर, इटहरी, काठमाडौंमा उनको सुन पसल थियो । सुनको कारोबार गर्ने क्रममा गोरेसँग भेट भएपछि उनी सुन तस्करीमा छिरेको प्रहरी स्रोतले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- राष्ट्रिय सभामा नेपाली  कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले…

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

प्रतिकृयाहरू
...