Thursday 15th May 2025

वीरगंजमा छोराद्वारा बाबुकी याैनसाथीको घाँटी रेटेर हत्या


तितोपाटी – बाबुसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि बारामा छोराले बाबुको याैनसाथीको घाँटी रेटेर हत्या गरेका छन् । उपमहानगरपालिका १३ वलिरामपुर बस्ने ४५ वर्षीया सियापती देवी धोविनको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २८ बर्षीय रबिन महतो धानुकलाई पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा स्थित सीमावर्ती क्षेत्रमा लुकी छिपी बसेको अवस्थामा रविनलाई प्रहरीले असोज २८ गते पक्राउ गर्न सफल भएको थियो ।

मृतक सियापति र पक्राउ परेका रविन महतो धानुकको बाबु दशरथ महतो नुनियाबीच करिब १५/२० वर्षदेखि अनैतिक सम्बन्ध रहँदै आएको र जसका कारण दशरथको घरमा पारिवारिक विवाद हुने गरेको थियो । त्यसैको झोकमा रविनले सियापतिको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।

‘अनैतिक सम्बन्धका कारण गाउँमा बेइज्जत भयो, दुवैलाई सम्झाउँदा पनि भनेको नमानेपछि हत्या गरेको हुँ भनेका छन्’ उनले भने ।

यसरी भयो हत्या

लामो समयदेखि अनैतिक सम्बन्ध रहेका कारण गाउँमा चर्चा हुने गरेको थियो । जसले गर्दा दैनिकजसो पारिवारिक कलह भइरहने गरेको थियो । असोज ६ गते दिउँसो मृतक सियापती धोबिन एक्लै खेतमा घाँस काटिरहेकी थिइन् ।

खेतमा एक्लैदेखि रबिन र निजको श्रीमती मिलेर तत्काल उनको हत्या गर्ने योजना बनाए । उनीहरु दुवै जना मिलेर सियापतीले नै खर काटनको लागी लगेको हसियाको प्रयोग गरी घाटी रेटी हत्या गरेका थिए । महिला फरार रहेकोले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार गत असोज ६ गते बाराको कलैया उपमहानगरपालिका १३ वलिरामपुर गाउँदेखि करिब १ किमी दक्षिण पूर्व पसाह खोला किनारमा खेतमा घाँस काट्दै गरेकी सियापित देवी धोबिनको त्यही हत्या भएको थियो ।

राति अबेरसम्म घर नफर्किएपछि घरपरिवार तथा स्थानीयले खोजी गर्ने क्रममा असोज ७ गते बिहान स्थानीय प्रभुप्रसाद यादवको उखु खेतमा घाटी रेटी कर्तव्य गरी मारी फालेको अवस्थामा शव फेला पारेका थिए ।


सम्बन्धित शीर्षकहरु

चर्चित लोकगायक प्रकाश सपुतको म्युजिक भिडियो सकम्बरी मार्फत चर्चामा आएकी २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट…

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

प्रतिकृयाहरू
...