Friday 16th January 2026

नुवाकोटमा बस दुर्घटना हुँदा घटनास्थलमै २ को मृत्यु, ५६ घाइते


तितोपाटी – नुवाकोटको त्रिशुली जाँदै गरेको बा१ख ६३५६ नम्बरको यात्रुवाहक बस सूर्यगढी-५ मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पञ्चकन्या गाउँपालिका ४ थप्रेककी २७ वर्षीया मिनु तामाङ र चितवनका बलराम तिवारी छन् । 

नुवाकोटकै समुन्द्रटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्बरको मिनिबस सूर्यगढी गाउँपालिका ५ फेरीखोला आज बिहान पौने १० बजे दुर्घटनामा परेको हो । घाइते मध्ये गम्भीर घाइते भएका १७ जनालाई उपचारका लागि काठमाडौं पठाइएको र अन्यको त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीय यात्रु बोकेर समुन्द्रटारबाट त्रिशुलीतर्फ गुडेको बसमा ५० भन्दा बढी यात्रु रहेका थिए ।  बस सडकबाट करिब १ सय मिटर तल खसेको छ । बसको क्षमता २८ जना यात्रु बोक्ने भएपनि बसमा करिब ५० जना यात्रु रहेको बताइएको छ । क्षमताभन्दा बढी यात्रु, तीब्रगति तथा बस धेरै पुरानो भएको र कन्डिसनमा नरहेको कारण दुर्घटना भएको दुर्घटनाका एक घाइतेले बताए ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...