Sunday 29th March 2026

करोडाैं पर्ने उल्का पिण्ड ढोका अड्याउन पो प्रयोग !


तितोपाटी – अमेरिकाको मिशिगनमा बस्ने एक व्यक्ति ३० वर्षसम्म आफ्नो ढोकालाई १० किलोको एउटा ढुङ्गाको टुक्राले अड्याएर बन्द गरिरहे । अब त्यो ढुङ्गा उल्कापिन्ड भएको पत्ता लागेको छ । यसको मूल्य एक लाख डलर (एक करोड रुपैयाँ बढी) आँकलन गरिएको छ । यसका मालिकले सन् १९८८ मा आफ्नो सम्पत्ति बेचेका बेला उक्त उल्कापिन्ड उपहारस्वरुप पाएका थिए ।

सन् १९३० को दशकमा भेटिएको थियो उल्कापिन्डः

उल्कापिन्डका पुराना मालिकका अनुसार सन् १९३० को दशकको एक रात उनले उक्त पत्थर खेतमा खन्नेबेला भेटे जुन निकै तातो थियो ।

यता नयाँ मालिक डेभिड माजुरेकले भने उक्त पत्थरको आकार ढोका अड्काउनका लागि ठिक्क भएको सोचेर यसैका लागि प्रयोग गर्न थाले । गत जनवरीमा उल्कापिण्डहरु हज्जारौं मूल्यमा बिकिरहेको रिपोर्ट देखेपछि आफूसँग भएको अचम्मको ढुङगा पनि कतै उल्कापिण्ड त होइन भन्ने जिज्ञासासहित उनी युनिभर्सिटी अफ इक्ज्यामिनेशनमा पुगेको उनले बताए ।

त्यहाँकी जियोलोजीकी प्राध्यापक मोनालिसा सर्बेस्कु यसको आकार देखेर चकित भइन् । उनले पत्थरको एक्सरे फ्लोरेन्सबाट परिक्षण गर्ने निर्णय गरिन् ।

उक्त पत्थरमा ८८ प्रतिशत फलाम, १२ प्रतिशत निकल र केही मात्रामा भारी धातु इरिडियम, ग्यालियम र सुन पनि भएको अनुसन्धानमा पत्ता लाग्यो ।

प्राध्यापक भन्छिन्, मैले यति मूल्यवान पत्थर आफ्नो जीवनमा देखेकी थिइनँ । सौर्यमण्डलको कुनै टुक्रा खसेर मेरो हातमा आएको जस्तो महसुस भयो । उल्कापिन्डमा ९० देखि ९५ प्रतिशत फलाम नै हुन्छ ।’

एडमोर उल्कापिन्ड नाम राखियोः

उक्त ढुङ्गालाई एडमोर उल्कापिन्ड नाम दिइएको छ किनभने यो एडमोरमा नै खसेको थियो । उल्कापिन्डको नमूना क्यालिफोर्निया युनिभर्सिटीको प्लेनेटरी–साइन्स डिपार्टमेन्ट पठाइएको छ ताकि त्यसको रासायनिक संघटन जाँच्न सकियोस् ।

सबैभन्दा ठूलो उल्कापिण्ड ६ हजार ६ सय किलोको थियोः

धर्तीको सबैभन्दा ठूलो उल्कापिन्ड नामिबियाको होबामा भेटिएको थियो । यसको तौल ६ हजार ६ सय किलो थियो । वैज्ञानिकको मान्यता अनुसार यो करिब ८० हजार वर्ष पहिले धर्तीसँग ठोक्किएको थियो । यसमा पनि धेरैजसो फलाम र निकल नै थियो ।

मंगल र वृहस्पतीका बीच विभिन्न क्षुद्रग्रह चक्कर लगाइरहेको छ । यसका टुक्रालाई नै उल्का भनिन्छ । धेरै पटक उल्का धर्तीको कक्षमा पनि प्रवेश हुने गर्छ । वायुमण्डलका कारण साना उल्का जलेरै नष्ट हुन्छन् जबकी ठूला उल्कापिण्ड धर्तीसँग ठोक्किने गर्छ ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...