Saturday 10th May 2025

करोडाैं पर्ने उल्का पिण्ड ढोका अड्याउन पो प्रयोग !


तितोपाटी – अमेरिकाको मिशिगनमा बस्ने एक व्यक्ति ३० वर्षसम्म आफ्नो ढोकालाई १० किलोको एउटा ढुङ्गाको टुक्राले अड्याएर बन्द गरिरहे । अब त्यो ढुङ्गा उल्कापिन्ड भएको पत्ता लागेको छ । यसको मूल्य एक लाख डलर (एक करोड रुपैयाँ बढी) आँकलन गरिएको छ । यसका मालिकले सन् १९८८ मा आफ्नो सम्पत्ति बेचेका बेला उक्त उल्कापिन्ड उपहारस्वरुप पाएका थिए ।

सन् १९३० को दशकमा भेटिएको थियो उल्कापिन्डः

उल्कापिन्डका पुराना मालिकका अनुसार सन् १९३० को दशकको एक रात उनले उक्त पत्थर खेतमा खन्नेबेला भेटे जुन निकै तातो थियो ।

यता नयाँ मालिक डेभिड माजुरेकले भने उक्त पत्थरको आकार ढोका अड्काउनका लागि ठिक्क भएको सोचेर यसैका लागि प्रयोग गर्न थाले । गत जनवरीमा उल्कापिण्डहरु हज्जारौं मूल्यमा बिकिरहेको रिपोर्ट देखेपछि आफूसँग भएको अचम्मको ढुङगा पनि कतै उल्कापिण्ड त होइन भन्ने जिज्ञासासहित उनी युनिभर्सिटी अफ इक्ज्यामिनेशनमा पुगेको उनले बताए ।

त्यहाँकी जियोलोजीकी प्राध्यापक मोनालिसा सर्बेस्कु यसको आकार देखेर चकित भइन् । उनले पत्थरको एक्सरे फ्लोरेन्सबाट परिक्षण गर्ने निर्णय गरिन् ।

उक्त पत्थरमा ८८ प्रतिशत फलाम, १२ प्रतिशत निकल र केही मात्रामा भारी धातु इरिडियम, ग्यालियम र सुन पनि भएको अनुसन्धानमा पत्ता लाग्यो ।

प्राध्यापक भन्छिन्, मैले यति मूल्यवान पत्थर आफ्नो जीवनमा देखेकी थिइनँ । सौर्यमण्डलको कुनै टुक्रा खसेर मेरो हातमा आएको जस्तो महसुस भयो । उल्कापिन्डमा ९० देखि ९५ प्रतिशत फलाम नै हुन्छ ।’

एडमोर उल्कापिन्ड नाम राखियोः

उक्त ढुङ्गालाई एडमोर उल्कापिन्ड नाम दिइएको छ किनभने यो एडमोरमा नै खसेको थियो । उल्कापिन्डको नमूना क्यालिफोर्निया युनिभर्सिटीको प्लेनेटरी–साइन्स डिपार्टमेन्ट पठाइएको छ ताकि त्यसको रासायनिक संघटन जाँच्न सकियोस् ।

सबैभन्दा ठूलो उल्कापिण्ड ६ हजार ६ सय किलोको थियोः

धर्तीको सबैभन्दा ठूलो उल्कापिन्ड नामिबियाको होबामा भेटिएको थियो । यसको तौल ६ हजार ६ सय किलो थियो । वैज्ञानिकको मान्यता अनुसार यो करिब ८० हजार वर्ष पहिले धर्तीसँग ठोक्किएको थियो । यसमा पनि धेरैजसो फलाम र निकल नै थियो ।

मंगल र वृहस्पतीका बीच विभिन्न क्षुद्रग्रह चक्कर लगाइरहेको छ । यसका टुक्रालाई नै उल्का भनिन्छ । धेरै पटक उल्का धर्तीको कक्षमा पनि प्रवेश हुने गर्छ । वायुमण्डलका कारण साना उल्का जलेरै नष्ट हुन्छन् जबकी ठूला उल्कापिण्ड धर्तीसँग ठोक्किने गर्छ ।


सम्बन्धित शीर्षकहरु

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

इस्लामाबाद: पाकिस्तानी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले शनिबार भारतले पाकिस्तानका धेरै अड्डाहरूमा आक्रमण गरेको र बदला लिने वाचा…

प्रतिकृयाहरू
...