Tuesday 18th August 2026

किन धोका दिइन आशाले टेकलाई (भिडियो सहित)


तीतोपाटी- नेपाली सांगीतिक बजारमा पछिल्लो समेत जति नै गित बजारमा आए पनि केहि थोरै गितहरु मात्रै दर्शक र श्रोताको मन मुटुमा बस्न सफल सफल हुने गरेका छन् ।

यसै बिचमा भर्खरै मात्रै बजारमा आएको नबिन सुनारको लोकदोहोरी गित टुक्रेको मन छोटो समयमा नै दर्शक श्रोताको मन मुटुमा बस्न सफल भएको छ ।

नबिन सुनारको शब्द रहेको यस गीतमा टेक बिष्टको संगीत रहेको छ । यस गीतमा पछिल्लो समय श्रोताले अत्यन्तै रुचाएको आवाज पूर्णकला बिसी र गोपाल नेपाल जीएम को स्वर रहेको छ । यस गीतलाई निर्देशक बबिताले श्रेष्ठले निर्देशन गरेकी हुन् ।

गितमा पछिल्लो समय आफ्नो उत्कृष्ट अभिनयद्वारा दर्शकहरुको मन मुटुमा बस्न सफल व्यस्त मोडल टेक बिष्ट र आशा खड्काको उत्कृष्ट अभिनय देख्न सकिने छ । दर्शकहरुले पर्दामा अत्यन्तै खोज्ने मोडल जोडीको रुपमा पनि पछिल्लो समय टेक बिष्ट र आशा खडकाको जोडीलाई हेर्ने गरिएको छ ।

यस गीतमा पनि दर्शकलाई रुवाउने अभिनय गरेका टेक र आशाको अभिनयलाई दर्शकहरुले छोटो समयमा नै अत्यन्तै माया गरेका छन् । मोडल टेक बिष्टले यस गितबाट आफु एक मोडल मात्रै नभई उत्कृष्ट संगीत गर्न सक्ने खुबी भएको व्यक्तिको रुपमा पनि आफुलाई परिचित गराउन सफल भएका छन् । सागर गौतमको छायांकन रहेको यस गीतलाई मेशना डिजिटल प्रालि ले बजारमा ल्याएको हो । हेर्नुहोस् भिडियो


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

मालीको एक अदालतले सैन्य सरकार (जुंटा) को आलोचना गरेका चर्चित पत्रकार मोहम्मद युसुफ बाथिली (रास बाथ) र सामाजिक अभियन्ता रोकिया…

प्रतिकृयाहरू
...