Friday 16th January 2026

निर्मलाका निम्ति न्याय चाहियो भन्दै काठमाण्डाैंमा प्रदर्शन


तितोपाटी – कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको दोषी पत्ता लगाई कारवाही गर्न माग गर्दै राजधानीको माइतीघर मण्डलामा विराेध प्रदर्शन गरिएको छ।

निर्मलाका लागि न्याय माग्दै गरिएको प्रदर्शनमा कलाकार, नागरिक समाज मानवअधिकारवादी, विद्यार्थीलगायत हजारौ युवाको सहभागिता छ। घटना भएको ३ महिना हुन लाग्दा पनि निर्मलाका हत्यारा पहिचानमा सरकारको लाचारीपन देखिएको, हत्यारा जोगाउन खोजेको भन्दै सरकारको खवरदारी गरिएको छ।

न्याय माग्नेलाई लाठी बर्साउछौ, बलात्कारीलाई माया गर्छौ, आइजिपीलाई बर्खास्त गर, प्रमाण नष्ट गर्नेलाई कारबाही गरभन्ने लगायतका नारा लेखिएका प्लेकार्ड प्रर्दशन गरिएको छ। माइतिघरमा भेला भएका प्रदर्शनकारी बानेश्वर पुगेर कोण सभा गर्ने भएका छन्।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...