Wednesday 18th November 2026

रुसमा सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु


रुसको दक्षिणपश्चिमी साइबेरियास्थित केमेरोभो क्षेत्रमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार दुर्घटनाग्रस्त विमान एन–१२ (An-12) सैन्य यातायात विमान थियो। प्रारम्भिक अनुसन्धानले दुर्घटनाको कारण प्राविधिक खराबी रहेको संकेत गरेको छ।

राज्य समाचार एजेन्सी आरआईएका अनुसार विमान जनवस्ती नभएको क्षेत्रमा खसेकाले जमिनमा थप मानवीय क्षति भएको छैन।

केमेरोभो क्षेत्रका गभर्नर इलिया सेरेद्युक दुर्घटनास्थल पुगेर उद्धार तथा अनुसन्धान कार्यको अनुगमन गरेका छन्। उनले आपतकालीन टोलीले दुर्घटनापछि लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

अनलाइन सार्वजनिक गरिएको भिडियोमा गभर्नर सेरेद्युकले विमान दुर्घटना यागुनोभो गाउँ नजिक भएको बताएका छन्। उनका अनुसार विमान उक्त क्षेत्रमाथि उडिरहेको बेला दुर्घटना भएको थियो।

हाल दुर्घटनाको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको छ। अधिकारीहरूले घटनास्थलबाट प्रमाण सङ्कलन गरी प्राविधिक खराबीबारे थप जाँच गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

युक्रेनले रूस र कब्जामा रहेको क्रिमियालाई जोड्ने केर्च (क्रिमियन) पुलमा ठूलो आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमण…

दिल्लीको नयाँ प्रस्ताव : बागडोगरा–रक्सौल उडानका लागि नेपाली आकाश प्रयोग गर्न दिनुपर्ने नेपालले विगत १२ वर्षदेखि माग गर्दै आएको महेन्द्रनगर…

पखेटा छैनन्, उडूँ कहाँ म, आकाश टाढा छ, मनै भने प्रियको सम्झनामा, हराउँदै जान्छ। फूलका बगैँचा फुले पनि, मन फुल्न…

प्रतिकृयाहरू
...