Thursday 20th August 2026

कुवेतमा एक नेपाली घरेलु महिला कामदारद्वारा झुण्डिएर अात्महत्या


हरि कृष्ण न्यौपाने- घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत ४१ बर्षिया दिल माया राइले आफुले काम गर्ने घरमा झुन्डिएर आत्महत्या गरेकी छन। राइले हिँजो अक्टोबर २, मंगलबार,२०१८ का दिन कुवेतको जाहारा भन्ने स्थानमा अाफु कार्यरत घरमै आत्महत्या गरेकी हुन।

नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तितोपाटी डट कमसंग भने “आफु काम गर्ने घरमै झुन्डिएर आत्महत्या गरेकी भनिएकी दिलमाया राइको बारेमा अन्य जानकारी आउन बाँकी छ। उनको नेपालको ठेगाना, अन्य जानकारीहरु र राहदानी समेत दूतावासमा आउन बाँकी रहेको र प्रहरीले आत्महत्याको बारेमा प्रारम्भिक जानकारी मात्र गराएको हो। लिङ्देनले थपे” प्रहरी तथा सम्बन्धित निकायले आत्महत्याको बारेमा बृस्तृत अनुसन्धान गरी रहेको छ भने दूतावासले पनि आबश्यक कानुनी प्रकृयाका लागि काम शुरु गरिसकेको छ।”

दशैंको मुखमै आएर विदेशको ठाउँमा दिल मायाले आत्महत्या गर्नुको कारण भने प्रहरी र सम्बन्धित निकायले छानबीन गरे पछि मात्र पत्ता लाग्नेछ ।


सम्बन्धित शीर्षकहरु

रूसले बिहीबार राति युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा गरेको व्यापक मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध “अहिलेसम्मकै सबैभन्दा कडा आर्थिक अभियान” घोषणा गरेका छन्। उनले इरानसँग व्यापार वा आर्थिक सम्बन्ध राख्ने…

चीनमा निर्मित COMAC C919 यात्रुवाहक विमानले पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान पूरा गरेको छ। अगस्ट १२, २०२६ मा Air…

प्रतिकृयाहरू
...