Friday 16th January 2026

तेल बोक्ने ट्यांकरको डब्बामा राखेर गाँजाको तस्करी


तितोपाटी – तेल बोकर ल्याउने टयांकरको डब्बाभित्र राखेर भारततर्फ गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंले ट्यांकर चालक प्रल्हाद ठकुरीलाई मकवानपुरबाट ट्यांकरभित्र रहेको २ सय ९५ किलो चिप्पडसहित पक्राउ गरेको हो।

प्रहरीको नियमित चेकजाँचका क्रममा भारततर्फ निकासी गर्न लागिएको सो परिमाणको गाँजा बरामद गरिएको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी विश्वराज पोखरेलले बताए । उनका अनुसार ना४ख ३९६९ नम्बरको खाली ट्यांकरमा पोका बनाई राखिएको अवस्थामा गाँजा भेटिएको थियो । पोखरेलका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा मध्यराति ट्यांकरमा गाँजा लोड गरिएको थियो।

सो ट्यांकरका ५ डब्बामध्ये २ वटामा गाँजा भरिएको ब्यूरोले जनाएको छ । ‘रमनटारबाट मनहरी हुँदै रक्सौल भारत पास गर्न लागिएको गाँजा प्रहरीले मनहरी नजिकै बरामद गरेको हो । चालक ठकुरीले यसअघि पनि यसरी नै गाँजा रक्सौल लैजाने गरेको खुलेको छ,’ एसएसपी पोखरेलले भने । प्रहरीका अनुसार ठकुरीले ट्यांकरको डब्बाभित्र गाँजा हालेर लगेबापत प्रतिट्यांकर ४० हजार रुपैयाँ लिँदै आएका थिए।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...