Saturday 20th June 2026

तेल बोक्ने ट्यांकरको डब्बामा राखेर गाँजाको तस्करी


तितोपाटी – तेल बोकर ल्याउने टयांकरको डब्बाभित्र राखेर भारततर्फ गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंले ट्यांकर चालक प्रल्हाद ठकुरीलाई मकवानपुरबाट ट्यांकरभित्र रहेको २ सय ९५ किलो चिप्पडसहित पक्राउ गरेको हो।

प्रहरीको नियमित चेकजाँचका क्रममा भारततर्फ निकासी गर्न लागिएको सो परिमाणको गाँजा बरामद गरिएको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी विश्वराज पोखरेलले बताए । उनका अनुसार ना४ख ३९६९ नम्बरको खाली ट्यांकरमा पोका बनाई राखिएको अवस्थामा गाँजा भेटिएको थियो । पोखरेलका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा मध्यराति ट्यांकरमा गाँजा लोड गरिएको थियो।

सो ट्यांकरका ५ डब्बामध्ये २ वटामा गाँजा भरिएको ब्यूरोले जनाएको छ । ‘रमनटारबाट मनहरी हुँदै रक्सौल भारत पास गर्न लागिएको गाँजा प्रहरीले मनहरी नजिकै बरामद गरेको हो । चालक ठकुरीले यसअघि पनि यसरी नै गाँजा रक्सौल लैजाने गरेको खुलेको छ,’ एसएसपी पोखरेलले भने । प्रहरीका अनुसार ठकुरीले ट्यांकरको डब्बाभित्र गाँजा हालेर लगेबापत प्रतिट्यांकर ४० हजार रुपैयाँ लिँदै आएका थिए।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...