Tuesday 1st September 2026

इन्टरनेट ह्याकरद्वारा ५ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी


तितोपाटी – इन्टरनेट ह्याकरले ५ करोड फेसबुक एकाउन्टमा क्षति पुर्याएका छन् । जसलाई फेसबुक इतिहासमै सबभन्दा ठूलो डाटा ब्रीच मानिएको छ। कम्पनीका अनुसार ह्याकरले सोसल नेटवर्कको कोडको सहायतामा क्षति पुर्याएका हुन् । तर ह्याकिङ गरिएका एकाउन्टको पेमेन्ट सिस्टम र पासवर्ड प्रभावित नभएको फेसबुक कम्पनीले बताएको छ ।

फेसबुकका सिईओ मार्क जुकरबर्गले यस्तो समस्या उत्पन्न भएपछि अभिव्यक्ति दिएका छन् । उनले भने, ‘हाम्रो हाम्रो प्रारम्भिक परिक्षणमा अहिलेसम्म यस्तो देखिएको छैन । जसले थाहा भयो कि, टोकनको प्रयोग गरी ह्याकर्सले कसैको निजी म्यासेज वा पोस्टमा पहुँच पुर्यायो ।’

टोकन मार्फत ह्याकिङ
ह्याकरले टोकनको सहायताबाट ती सबै फेसबुक प्रयोगकर्ताको एकाउन्टलाई प्रभावित गरेको बुझिएको छ । ‘एक्सेस टोकन’ मार्फत फेसबुकमा लगातार लामो समयसम्म अनलाईन रहन सकिन्छ । साथै उसको लागि दोस्रो पटक पनि पासवर्डको खाँचो पर्दैन ।

यससँगै फेसबुकले ५ करोड टोकन रिसेट गरिएको बताएको छ । साथै ४ करोड प्रयोगकर्ताको टोकन समेत जाँच गरेको बताएको छ ।

तपाईँको एकाउन्ट त ठीक छ ?
यो ह्याकिङको असर तपाईँसम्म त आइपुगेको छैन ? यो ह्याकिङको असर जसकोमा परेको छ त्यो स्वतः लगआउट भइसकेको छ । यदी तपाईँको एकाउन्टमा पनि यसको असर परेको छ भने आफ्नो पासवर्डबाट फेरि लगइन गर्न सक्नुहुन्छ ।

न्युजफिडको सबैभन्दा माथि फेसबुक ‘एन इम्पोर्टेन्ट सेक्युरिटी अपडेट’को ब्यानर दिइएको हुन्छ । त्यहाँ तपाईँको डाटा ब्रीचको बारेमा जानकारी हुन्छ । जब कि, फेसबुकले ह्याकर्सले एक्सेस टोकन ह्याक गरे पनि पासवर्ड सुरक्षित रहेको बताएको छ । यद्यपि साइबर सेक्युरिटी विज्ञले फेसबुको पासवर्ड परिवर्तन गर्न सुझाव दिएका छन्।


सम्बन्धित शीर्षकहरु

फुटबलका महान खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले सोमबार इन्स्टाग्राममार्फत…

रसुवास्थित त्रिशूली नदी किनारका जलविद्युत् आयोजनाका सुरुङहरूमा फसेका ६ सयभन्दा बढी कामदारको उद्धार कार्य जारी रहेको छ। उद्धार टोलीले सुरुङसम्म…

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

प्रतिकृयाहरू
...