Saturday 11th October 2025

कुवेत आएको ४ महिनामै हृदयघातबाट एक नेपालीको मृत्‍यु


हरी कृष्ण न्यौपाने – रोजगारीका लागि कुवेत आएको चार महिनामै ढल्केबर-७ धनुषाका ४१ बर्षिय श्री नारायण दास तात्माको हृदयघातको कारण मृत्‍यु भएको छ। सेप्टेम्बर २९, शनिबार,२०१८का दिन बिहान रक्तसंचार(ब्लड प्रेशर)बढे पछी अस्पातल पुर्याइएका श्री नारायणको सोही दिन कुवेतको जाहारा अस्पातलमा मृत्‍यु भएको हो।

राहदानी नं-१०५८७४३८ (धनुषा)का श्री नारायण दास तात्मा कुवेतको अल टेक्निया फर्निचर कम्पनीमा काठको काम गर्ने(कार्पेन्टर)का रुपमा चार महिना पहिला मात्र कुवेत आएका हुन।

नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तीतोपाटी डटकम संग भने”२९ सेप्टेम्बरका दिन अश्वस्थ भए पछी जहारा अस्पातल पुर्याइएका दासलाई ब्लड प्रेशर बढे पछी हृदयघातका कारण मृत्‍यु भएको हो।लिङ्देनले थपे” मृतकका भाई पनि कुवेतमै भएको र मृतकको कम्पनीले पनि आबश्यक सहयोग गरिरहेको हुनाले बाँकी कानुनी प्रकृया पुरा गरेर मृतको शबलाई छिट्टै नेपाल पठाउन नेपाली दुताबासले काम गरिरहेको छ।”

मृतक तात्माको घरमा श्रीमती, तीन छोरा र एक छोरी रहेका छन।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

प्रतिकृयाहरू
...