Saturday 26th September 2026

खोटाङ–कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशन विष्णु भट्टराइलाइ नै पुनः नेतृत्व सुम्पदै सम्पन्न


खोटाङ–कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशन हिँजो २५ सेप्टेम्बर २०२६ शुक्रबार कुवेतको खैतानस्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका विष्णु भट्टराइलाइ नै नेतृत्व सुम्पदै नयाँ कार्य समिति चुनेको छ ।
“भाषा अनि संस्कृतिमा विविधता, विकास निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रम प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतकी प्रथम सचिव चण्डिका पोख्रेलद्वारा उद्घाटन गरिएको थियो भने एनआरएनए कुवेतका अध्यक्षद्वय दिलकुमार पाख्रिन र विकास सिंह ठकुर, रास्वपा कुवेतका सभापति ईश्वर भण्डारी, जनसम्पर्क समिति कुवेतका सभापति केशर घलान, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष बलबहादुर काम्बाङ तथा नेपाल पत्रकार महासंघ कुवेत शाखाका सचिव आकाश शेर्पा लगायतका विशेष अतिथिहरू र विभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार, समाजसेवी, बुद्धिजीवी, कलाकार तथा खेलाडीहरूले अतिथिको रूपमा उपस्थिति जनाएका थिए ।

कार्यक्रमको सुरुआत गत भदौ १० गतेको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूप्रति दीप प्रज्वलन तथा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरेर गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोख्रेलले आफु  खोटाङमा जन्मिएर कुवेतमा खोटाङ–कुवेत सम्पर्क मञ्चको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन पाउँदा खुशी लागेको बताउँदै नेपालका जुनसुकै जिल्लाबाट आए पनि विदेशमा सबै नेपालीको साझा पहिचान नेपाली नै हुने भएकाले नेपाली हुनुमा गर्व गर्न साथै कुवेतमा अनुशासित भएर काम गर्न, स्थानीय कानुनको सम्मान गर्न, स्थानीय सरकारले अवैधानिक भनेका कृयाकलाप नगर्न र समस्या परेमा नेपाली दूतावाससँग सम्पर्क गर्न पनि आग्रह गरिन् ।

प्रथम सचिव पोख्रेलले नेपाली दूतावास सधैं नेपाली समुदायसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताउँदै सबै नेपालीहरूबीच एकता, सहकार्य र आपसी सहयोग आवश्यक रहेको धारणा राख्दै खोटाङ–कुवेत सम्पर्क मञ्चले गर्दै आएका सामाजिक र मानवीय कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिन सुझाव दिइन् ।

अधिवेशनमा खोटाङ जिल्लाको कला, संस्कृति, पर्यटन तथा ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले सहभागीहरूलाई हलेसी महादेव, बराह पोखरी, दिक्तेलस्थित कालिका मन्दिर तथा रावाबेँसीको यलम्बर पार्कलगायत जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूको जानकारी गराइएको थियो भने कार्यक्रमको बिचबिचमा स्थानीय कलाकारहरूद्वारा गायन तथा नृत्य मार्फत मनोरन्जनात्मक बनाइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोख्रेल र संस्थाका मानार्थ वरिष्ठ सल्लाहकार रोशन राइलाई मञ्चका तर्फबाट सम्मान पनि गरिएको थियो। वक्ताहरूले प्रवासमा रहेका खोटाङवासीबीच आपसी सद्भाव, एकता र सहकार्यलाई अझ मजबुत बनाउँदै जिल्लाको सामाजिक, शैक्षिक तथा विकास निर्माणका गतिविधिमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि विष्णु प्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा सविन दुमी राई, महासचिवमा कुमार खड्का तथा कोषाध्यक्षमा दिनेश नङछिरिङ राई निर्वाचित भएका छन्। अन्य विभिन्न विभाग र पदका पदाधिकारी तथा सदस्यहरू समेत चयन गरिएको मञ्चले जनाएको छ।

नवनिर्वाचित कार्यसमितिले प्रवासमा रहेका खोटाङवासीलाई थप संगठित गर्दै जिल्लाको भाषा, संस्कृति, पहिचान तथा विकासका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमलाई सफल बनाउन किरात राई यायोक्खा कुवेत, गौरी समाज कुवेत, तमु सेवा समाज कुवेतलगायत विभिन्न संघसंस्था, सञ्चारमाध्यम तथा व्यवसायिक प्रतिष्ठानहरूले सहयोग गरेका थिए। आयोजकका अनुसार अधिवेशनले प्रवासमा रहेका खोटाङवासीहरूलाई एउटै छातामुनि एकताबद्ध गर्दै सामाजिक एकता र जिल्लाप्रतिको साझा जिम्मेवारीलाई थप बलियो बनाएको छ।

खोटाङ-कुवेत सम्पर्क मञ्च को २०२६-२०२८ का लागि नवनिर्वाचित कार्यसमिति विवरण यस प्रकार रहेको छः

मानार्थ विशिष्ठ सल्लाहकार : रोशन राई।

संस्थापक सल्लाकर हरु
—————————
महेन्द्र दुमी राई
रेवती भट्टराई
मन्जित चाम्लिङ राई
अमित चाम्लिङ राई।

बरिष्ठ सल्लाकार हरु
————————–
जीत बहादुर खड्का
केदार आलेमगर
माेहन नङछिरिन राई
उमेश बान्तवा राई
दिनेश श्रेष्ठ
यदुराज राई

सल्लकार हरु
——————-
प्रेम कटवाल
इन्द्र बहादुर परियार

अध्यक्ष: श्री विष्णु प्रसाद भट्टराई

वरिष्ठ उपाध्यक्ष: सविन दुमी राई

उपाध्यक्ष हरु
——————–
पर्शुराम घिमिरे (पण्डित )
प्रकाश थुलुङ राई
राजन चाम्लिङ राई
गणेश विष्ट
कमला राई
महिला उपाध्यक्ष: गुणा पुमा राई।

महासचिव : कुमार खड्का ।

कोषाध्यक्ष: दिनेश नङछिरिङ राई।

सहकोषाधक्ष हरु
—————–
रामबहादुर थापा मगर
धर्म ( सन्तोष ) भट्टराई
सुमित्रा चाम्लिङ राइ

उपमहासचिव : किसान परियार
सचिव : मणिराज राई।

सहसचिव हरु
——————-
विशाल मिश्र
रचना मगर।

अन्य विभाग प्रमुख
हरु

————————–
संगठन प्रमुख: रुद्रमान राई
संगठन उपप्रमुख: सूर्य राना मगर
प्रवक्ता: युवराज राई
सहप्रवक्ता: निर्मला राई
सास्कृतिक प्रमुख: श्रीमती शान्तिकला मगर
सास्कृतिक उपप्रमुख: अरुण चाम्लिङ राई

सदस्य हरु
———————-
टिकाराम मुग्राती
दिपेन दाहाल
बम बहादुर खड्का
अञ्चल राई
अनिल राई
कुमारी राई
हरि श्रेष्ठ
शै कुमार राई
प्रेम मुग्राति कविता बोहोरा
जगत राना मगर
मनोज पुमा राई
अनिल पुमा राई
योगेश राई
समला राना नगर।


सम्बन्धित शीर्षकहरु

देशभर लगातार वर्षा भइरहेका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। मौसमविद्हरूले आगामी दुई दिन पश्चिमी क्षेत्रमा अझ धेरै…

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ…

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

प्रतिकृयाहरू
...