Thursday 5th March 2026

प्रदेश ७ को राजधानी फेरिने भएपछि धनगढीमा अनिश्चितकालिन अामहड्ताल


तितोपाटी – प्रदेशसभाले प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय गरेपछि त्यसको विरोधमा धनगढीमा अनिश्चितकालीन आमहडताल आह्वान गरिएको छ। धनगढी नगारिक समाज संघर्ष समितिले आमहडताल आह्वान गरेको हो। आमहडतालका कारण शनिबार धनगढीमा उद्योग, व्यापारिक प्रतिष्ठान, बजार, यतायात सबै क्षेत्र बन्द रहे। धनगढीबाट चल्ने छोटो तथा लामो दुरीका गाडी नचलेकाले यात्रु अलपत्र परे । बन्दले जनजीवन प्रभावित भयो।

प्रदेश ७ को विकास हुन नदिन वनमाफिया र भूमाफियाको प्रभावमा परेर धनगढीबाट जंगलका बीचमा राजधानी सार्ने निर्णय गरिएको भन्दै विरोधमा अनिश्चितकालीन आमहडताल आह्वान गरिएको संघर्ष समितिका हरि रेग्मीले बताए। ‘जंगल मासेर संरचना बनाउँदा अर्बौ रकम खर्च हुने, त्यसबाट प्रदेश विकास अवरुद्ध हुने र वन सिन मासिने भएकाले हामीले विरोध गरेका हौं,’ रेग्मीले भने । अर्बौ रकम बराबरका संरचना बनिसकेको ठाउँबाट जंगल क्षेत्रमा राजधानी सार्दा फेरि अर्बौ खर्च लाग्ने र वन पनि मासिने भएकाले विरोध गरिएको नेपाली कांग्रेसका नेता नारायण भट्टले बताए।

‘संसदीय अभ्यासविपरीत विपक्षी दलका एकजना पनि सासंद नभएका बेला गरिएको यो निर्णय मान्दैनाै भनेर हामीले बन्द गरेका हौं,’ रेग्मीले भने, ‘अर्को सूचना जारी नभएसम्म आमहडताल हुनेछ।’ राजापालाई छुटाएर बनाएको तारा लामातामाङको संयोजकत्वको संसदीय समितिको सुझाव प्रतिवेदन विधि र प्रक्रियाविपरीत भएको भन्दै नेपाली कांग्रेस र राजापका सासंदले प्रदेशसभा बैठकले गरेको निर्णयको विरोध गरेका छन्। प्रदेशसभा बैठकले शुक्रबार राजधाननी गोदावरी बनाउने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने प्रस्ताव दुईतिहाइ बहुमतले अनुमोदन गरेको थियो । सो बैठक राजपा र नेपाली कांग्रेसका सांसदले बहिष्कार गरेका थिए। सत्तापक्षका ३८ जना सबैले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने विपक्षमा शून्य मत परेको थियो।

बन्दकर्ताले दिनभरजसो धनगढीमा नाराबाजीसहित प्रदर्शन गरे। उनीहरूले धनगढी बजारमा मोटरसाइकल -यालीसमेत निकाले। आमहडताल निस्तेज पार्न प्रशासनले धनगढीमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ। दिउँसो १ बजेतिर अटोरिक्सा बन्द गराउँदै हिँडेका स्थानीय राजबहादुर चौधरी र राम चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेको डेढ घन्टापछि उनीहरू रिहा भएका थिए।

प्रदेश ७ को राजधानी गोदावरी राख्ने निर्णयमा पहाडी जिल्लाका बासिन्दासमेत असन्तुष्ट छन्। पहाडी जिल्लाका अधिकांश बासिन्दाको राय भौगोलिक दृष्टिकोणले पायक पर्ने दिपायल वा डडेल्धुरा राजधानी हुनुपर्छ भन्ने छ। तराईमा राजधानी हुदाँ पहाड विकासमा अझ पछाडि पर्ने, पहाड रित्तिने र अन्न भण्डारका रूपमा रहेको तराईका भूभाग बस्तीमा परिणत हुने उनीहरूको तर्क छ। थरूहट पक्षधर पनि राजधानी पहाडमा हुनुपर्ने पक्षमा थिए। सत्तासीन नेकपाका कार्यकर्ताले पनि धनगढीबाट गोदावरी राजधानी सार्ने निर्णयको विरोध गरेका छन्। समाजिक सञ्जाललगायतमा उनीहरूले खुलेर विरोध गरेका छन्। डोटीका ३ जना सासंदले प्रदेशसभा बैठकमा गरेको मतदान डोटेली जनमतविपरीत रहेको नागरिक समाजका अगुवा सचितानन्द जोशीले समाजिक सञ्जालमा लेखेका छन्। ‘आफ्ना मतदाताको इच्छा र स्वयं उनीहरूसँग गरेको कबुलविपरीत आफ्नो मनलागी निर्णय गर्नेलाई कसरी जनप्रतिनिधि मान्ने,’ उनले लेखेका छन्।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...