रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष, ३२९ महिला तथा ९ जनाको पहिचान खुल्न बाँकी छ।
बेपत्ता विदेशीमध्ये सबैभन्दा बढी १८९ भारतीय नागरिक छन्। त्यसबाहेक अमेरिका (६५), मलेसिया (५५), युक्रेन (५४), चीन (३७), अष्ट्रेलिया (३३), लाटभिया (३३), बेलायत (३२), क्यानडा (३०) लगायत अन्य विभिन्न देशका नागरिक हराइरहेका छन्।
यस बाढीमा १८८ नेपाली पर्यटक पनि बेपत्ता भएका छन्, जसमा १६१ पुरुष र २७ महिला रहेका छन्। उनीहरू कैलाश मानसरोवर, गोसाइँकुण्ड तथा अन्य धार्मिक तथा पर्यटकीय यात्रामा गएका थिए।
सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायले उद्धार तथा खोजी कार्य जारी राखेका छन्। हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको छ, जसमा २५८ पुरुष र ५२ महिला छन्। साथै, बाढीपछि सम्पर्कविहीन भएका १३ जना पुनः सम्पर्कमा आएका छन्।
हाल बेपत्ता व्यक्तिहरूको खोजी तथा राहत कार्यलाई तीव्र बनाइएको छ।