Tuesday 15th September 2026

भोटेकोसी बाढीमा ४ खर्बभन्दा बढी क्षति


भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन जिल्लाहरू प्रभावित भएका छन्। हालसम्म १ हजार ३८८ जनाको शव फेला परेको छ भने ५ हजार १३० जना अझै बेपत्ता छन्। साथै १३ हजार ७२८ जनाको उद्धार गरिएको छ।

बाढीले ७ हजार ५७० घर, १८ विद्यालय, ७ स्वास्थ्य संस्था, ३० सांस्कृतिक तथा धार्मिक स्थल, सडक, पुल, खानेपानी, विद्युत् र सञ्चार संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

कृषि, पशुपालन, माछापालन तथा व्यापार व्यवसाय पनि प्रभावित भएका छन्। हजारौं पशुपन्छी, बाली तथा करिब ४,८०० व्यवसाय प्रभावित भएको अनुमान छ।

अध्ययनअनुसार यो बाढी भारी वर्षाका कारण नभई चीनतर्फको हिमाली क्षेत्रमा हिउँ र चट्टान खसेर उत्पन्न भएको हिमनदीजन्य बाढी (Glacial Flood) का कारण आएको हो। बाढी अत्यन्त तीव्र गतिमा बगेर केही घण्टामै रसुवादेखि देवघाटसम्म पुगेको थियो।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

मध्यपूर्वमा अमेरिका, इरान, साउदी अरब र हुथी विद्रोहीबीच तनाव थप बढेको छ। अमेरिकी सेनाको CENTCOM ले पनामा झण्डावाहक तेल ट्यांकर…

प्रतिकृयाहरू
...