Monday 16th November 2026

यमनमा फेरि युद्ध चर्कियो


यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी हमलाको प्रतिशोधस्वरूप गरिएको बताएका छन्।

संयुक्त राष्ट्रसंघले यी आक्रमणको निन्दा गर्दै नागरिक र ऊर्जा पूर्वाधारमा असर परेको जनाएको छ।

यसैबीच यमन सरकारका सेनाले ताइज क्षेत्रमा हुथीहरूको कमाण्ड सेन्टरमाथि हवाई आक्रमण गरेको दाबी गरेका छन्। उक्त क्षेत्रमा दुवै पक्षबीच लगातार भिडन्त भइरहेको छ।

पछिल्लो लडाइँका कारण झण्डै २० हजार मानिस आफ्नो घर छोडेर अन्यत्र जान बाध्य भएका छन्। अन्तर्राष्ट्रिय संस्थाहरूले युद्धले यमनको मानवीय संकट अझ गम्भीर बनाउने चेतावनी दिएका छन्।

त्यस्तै, युद्ध चर्किएसँगै बालबालिकालाई पनि लडाइँमा भर्ती गर्ने क्रम बढ्दै गएको बताइएको छ।

ओमान, कतार, कुवेत, बहराइन र पाकिस्तानले साउदी अरेबियामाथि भएका आक्रमणको निन्दा गर्दै साउदीलाई समर्थन जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय समाचार | १५ नोभेम्बर २०२६ / भारतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन सहजीकरण गर्न सक्ने संकेत दिएको छ।…

वरिष्ठ नेपाली अभिनेत्री गौरी मल्ल र हास्य कलाकार मनोज गजुरेललाई प्रहरीले पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो भ्रामक…

काठमाडौं | जलवायु कूटनीति / नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा…

प्रतिकृयाहरू
...