Saturday 24th October 2026

भोटेकोसी बाढी: १३ हजारभन्दा बढीको उद्धार, अन्तर्राष्ट्रिय सहयोगसहित खोज तथा राहत कार्य जारी


भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य १२औँ दिन पनि जारी छ। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएको छ, जसमा ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन्। पछिल्ला तीन दिनमा चार जनाको सकुशल उद्धार गरिएको छ।

बाढीमा हालसम्म १,३४१ जनाको शव फेला परेको छ भने करिब ५ हजार व्यक्ति अझै सम्पर्कविहीन छन्, जसमा ३५ देशका करिब ६०० विदेशी नागरिक पनि छन्।

भारत, चीन, दक्षिण कोरिया, मलेसियालगायत देशका उद्धार टोलीहरू नेपाली सुरक्षाकर्मीसँग मिलेर प्रभावित जलविद्युत् आयोजनाहरूमा खोज तथा उद्धारमा खटिएका छन्। साथै, २९ भन्दा बढी देश र विभिन्न अन्तर्राष्ट्रिय संस्थाले राहत, प्राविधिक सहयोग तथा विशेषज्ञ टोली उपलब्ध गराएका छन्।

प्रारम्भिक मूल्याङ्कनअनुसार बाढीले ७,५७० घर, ५५ किलोमिटर सडक, १०५ वटा पुल, १३ जलविद्युत् आयोजना तथा १,८०६ हेक्टर कृषि भूमिमा क्षति पुर्‍याएको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...