Saturday 5th September 2026

मनकामना मिडिया अपडेट कुवेत परिवारद्वारा बाढीपीडितका लागि रु. २५ हजार सहयोग


मनकामना मिडिया अपडेट कुवेत परिवारले नेपालका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५ हजार १ सय आर्थिक सहयोग प्रदान गरेको छ।

हालै देशभरका विभिन्न जिल्लाहरूमा आएको बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै धेरै नागरिकले ज्यान गुमाएका छन्। प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै मनकामना मिडिया अपडेट कुवेत परिवारले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

कुवेतमा रहेका मनकामना मिडिया अपडेटसँग आबद्ध सदस्यहरूको सक्रिय सहभागितामा संकलन गरिएको उक्त रकम राहत तथा उद्धार अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। सहयोग रकम अल मुल्ला एक्सचेन्जमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा पठाइएको जानकारी दिइएको छ।

मनकामना मिडिया अपडेट कुवेत परिवारले विपद्को यस कठिन घडीमा देश तथा विदेशमा रहेका सबै नेपालीलाई आ-आफ्नो स्थानबाट सकेको सहयोग गर्न, पीडित परिवारहरूको साथमा उभिन तथा मानवीय सेवामा एकजुट हुन आग्रह गरेको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामनासमेत मनकामना मिडिया अपडेट कुवेत परिवारले गरेको छ।


सम्बन्धित शीर्षकहरु

नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि किरात याक्थुङ चुम्लुङ प्रवास शाखा…

खगोलविद्हरूले एउटा यस्तो सुपरम्यासिभ ब्ल्याक होल फेला पारेका छन्, जुन सम्भवतः आफ्नै आकाशगंगाबाट करिब १,००० किलोमिटर प्रतिघण्टा होइन, प्रतिसेकेन्डको गतिमा…

यमनको ताइजको पश्चिमी Hays मोर्चा र आसपासका क्षेत्रमा हुथी र सरकारसमर्थित सेनाबीच तीव्र स्थलयुद्ध भइरहेको छ। हुथीहरूले मिसाइल, ड्रोन र…

प्रतिकृयाहरू
...