Friday 23rd October 2026

भोटेकोशी बाढीपीडित प्रहरी परिवारलाई विशेष राहत घोषणा


भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयको बैठकले पीडित परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता, प्रहरी कल्याण कोषबाट लिएको ऋण मिनाहा तथा सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको हो।

साथै, परिवारका इच्छुक एक सदस्यलाई सीपमूलक तालिम प्रदान गरिनेछ। नेपाल प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ।

भोटेकोशी बाढीमा हालसम्म २५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि विशेषज्ञ टोली परिचालन गरिने प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...